बाँफिकोटका कोरोना संक्रमित एक पुरुषको मृत्यु
                            
                            
                                                        
                                                    
                                                                        जिल्ला अस्पताल रुकुम पश्चिममा एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । बाँफिकोट गाउँपालिका, ५ का ७० वर्षीय पुरुषको मंगलबार दिउँसो मृत्यु भएको कोरोना रोग फोकल पर्सन इश्वर रावलले जानकारी दिनुभयो । खोकी, ज्वरो, श्वास प्रश्वासमा समस्या देखिएपछि वैशाख १ गते विहान १ बजे उनलाई जिल्ला अस्पताल ल्याइएको थियो । जिल्ला अस्पताल पुर्याइएपछि गरिएको कोरोना परीक्षणमा उनमा कोरोना संक्रमण पुष्टि भएको थियो । यो सहित कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १७ पुगेको छ ।
प्रकाशित मिति: मंगलबार, जेठ ४, २०७८  १५:५५
                                                    
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    

                                                
                                                
                                                
                                                
                    


-1759842583.jpg)