Kakhara सबैको खबर सम्पूर्ण खबर
सानीभेरीमा रहेको रेडियो मौराखारा  छैटौँ वर्षमा प्रवेश 
केक काट्दै गाउँपालिका अध्यक्ष बिर्खबहादुर विष्ट र उपाध्यक्ष कमला राेका ।

रुकुम पश्चिमको सानीभेरी गाउँपालिकामा सञ्चालित रेडियो मौराखारा एफएम १०६.५ मेगाहर्जले पाँचौं वर्ष पूरा गरी छैटौं वर्षमा प्रवेश गरेको छ । वडा नम्बर ९ सिम्लीमा रहेकाे सानीभेरी सामुदायिक विकास केन्द्र द्वारा संचालित रेडियो मौराखार पाँचौं वर्ष पूरा गरी छैटौं वर्षमा प्रवेश गरेको हो । वार्षिकाेत्सवको अवसरमा रेडियो मौराखाराका स्टेशन प्रमुख नारायण ओली र अध्यक्ष रामबहादुर विष्टले संयुक्त रुपमा एक विज्ञप्ति जारी गर्दै आम श्रोता, स्थानीय सरकार, विज्ञापनदाता, सहयोगी संघ संस्था, रेडियोमा कार्यरत पत्रकार तथा कर्मचारी शभेच्छुक तथा शुभचिन्तकमा शुभकामना व्यक्त गर्नुभएको छ ।

२०७६ साल माघ २५ गते प्रशारणमा आएर फाल्गुन २ गते प्रतिनिधि सभाका सांसद तथा सरकारका पूर्व अर्थमन्त्री माननीय जनार्दन शर्माबाट विधिवत रुपमा उद्घाटन भई प्रशारण सुरु गरेको थियो । रेडियो मौराखाराले हालसम्म सूचना, मनोरञ्जन, विकास र विचार प्रवाहको माध्यमबाट आम श्रोताको महत्वपूर्ण माध्यम बनेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

रेडियोको पाँचौं वार्षिकाेत्सबको अवसरमा देशमा संघीयता कार्यन्वयन संगै स्थापना भएका स्थानीय सरकारमा सुशासन कायम गराउने अभियानमा रेडियो मौराखराको माध्यबाट सहयोग गर्ने¸ राम्रा कामको प्रचारप्रसार गर्ने र अनियमितताको शसक्त भण्डाभोर गर्ने अभियानलाई पनि निरन्तरता दिने विज्ञप्तिमा उल्लेख गरिएको छ ।

वार्षिकोत्सवको अवसरमा रेडियामा केक काटेर शुभकामना आदनप्रदान समेत गरिएको  स्टेसन प्रमुख ओलीले जानकारी दिनुभयो । 
 

प्रकाशित मिति: शुक्रबार, माघ २५, २०८१  १८:११
प्रतिक्रिया दिनुहोस्
Weather Update