Kakhara सबैको खबर सम्पूर्ण खबर
समाजवादी प्रेस संगठन  रुकुम पश्चिमको अध्यक्षमा पुनः भरत

समाजवादी प्रेस संगठन नेपाल रुकुम पश्चिमको  दोस्रो जिल्ला भेला सम्पन्न भएको छ । आज जिल्ला सदरमुकाम खलंगामा भएको जिल्ला भेलाले नयाँ जिल्ला कार्यसमिति निर्माण गरेको हो । अध्यक्षमा पुन: भरत चन्द दोहोरिनु भएको छ । चन्दको अध्यक्षता ९ सदस्यीय जिल्ला कार्यसमिति निर्माण गरिएको हो ।

जसको खुल्ला उपाध्यक्षमा  प्रकाश शर्मा  महिला उपाध्यक्षमा आचल मल्ल सचिवमा तुलसा मल्ल सह- सचिवमा रमण परियार र कोषाध्यक्षमा  सन्तोष परियार  चयन हुनुभएको हो ।

सदस्यहरुमा तुला मल्ल, धिरेन्द्र परियार र संगिता मल्ल चयन हुनुभएको छ । भेलाले यहि फागुन ३ र ४ गते काठमाडौंमा संगठनको राष्ट्रिय भेलालाई भव्य बनाउन विभिन्न निर्णय समेत गरेको समाजवादी प्रेस संगठनका केन्द्रिय सचिवालय सदस्य अमरराज पुनले जानकारी दिनुभयो ।

नवनिर्वाचित अध्यक्ष चन्दको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा (एकिकृत समाजवादी) रुकुम पश्चिमका इन्चार्ज देवी ओलीको प्रमुख आतिथ्यतामा रहेको थियो । त्यसै  समाजवादी प्रेस संगठन नेपाल केन्द्रीय सचिवालय सदस्य पुन र पार्टीका केन्द्रिय समिति सदस्य तथा सह- इन्चार्ज बिमलकुमार पुनको बिशेष आतिथ्यता रहेको थियो । कार्यक्रममा पार्टीका जिल्ला सचिव सुरजकुमार परियार, जिल्ला समिति सदस्य दलबहादुर परियार, अनेरास्ववियू  जिल्ला अध्यक्ष रमेश मल्लको आतिथ्यता रहेको थियो ।

प्रकाशित मिति: सोमबार, माघ २८, २०८१  २०:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update