मृत्यु
                                                        
                        
                
                                
                                    कमलपोखरी खाजाघरमा आगलागी : दुई जनाको मृत्यु
                            
                            
                                                        
                                                    
                                                            गत बिहीबार कमलपोखरीस्थित एक खाजाघरमा ग्यास चुहिएर भएको आगलागीमा परी घाइते भएका ११ जना कामदारमध्ये दुई जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता अपिलराज बोहराका अनुसार हेटौडाका १८ वर्षीय रबिन राई र उदयपुरका २५ वर्षीय भीमबहादुर घलेको मृत्यु भएको हो ।
कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका क्रममा राईको गएराति र घलेको आज बिहान मृत्यु भएको होे । अन्य घाइतेको सोही अस्पतालमा उपचार भइरहेको छ । रासस
प्रकाशित मिति: मंगलबार, माघ २९, २०८१  १३:५३
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    

                                                
                                                
                                                
                                                
                    


-1759842583.jpg)