मृत्यु 
                                                        
                        
                
                                
                                    त्रिवेणीमा  भिरबाट लडेर एक वृद्धको मृत्यु 
                            
                            
                                                        
                                                     
                                                            रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका वडा नम्बर ५ जिवाङका एक वृद्धको भिरबाट लडेर मृत्यु भएको छ । बिहीबार राती १० बजेको समयमा ६८ वर्षीय कृष्णबहादुर ओलीको गाउँ नजिकैको कोप्चेखोला भिरबाट लडेर मृत्यु भएको हो । लाइत भन्ने ठाउँबाट सहिद दिवस मनाएर घर फर्किने क्रममा भिरबाट लडेर १ सय मिटर तल खसेको अवस्थामा स्थानीयले उद्दार गरी उपचारको लागि जिल्ला अस्पताल सल्ले पुर्याएका थिए ।
भिरबाट लडेका ओलीलाई छाती र टाउकोमा चोट लागेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक ऋषि पाठकले जानकारी दिनुभयो । उहाँका अनुसार गम्भीर अवस्थामा अस्पताल पुर्याएका ओलीलाई आज बिहान २:०५ बजे डाक्टरले मृत घोषणा गरेको प्रहरी निरीक्षक पाठकले जानकारी दिनुभयो ।
प्रकाशित मिति: शुक्रबार, फागुन २, २०८१  १५:०४
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    

 
                                                 
                                                 
                                                 
                                                -1761806698.jpeg) 
                    


-1759842583.jpg)
 
                     
                     
                     
                     
                     
                    