
जिल्ला ब्याडमिन्टन संघ रुकुम पश्चिमले खुला ब्याडमिन्टन प्रतियोगिता सफल पार्न सहयोग गर्ने सबैलाई धन्यवाद दिएको छ । प्रतियोगिता सञ्चालनका लागि आर्थिक, भौतिक लगायतका सहयोग गर्ने सहयोगी दाता, स्थानीय तह, प्रशासन, सुरक्षा निकाय, जिल्लास्थित सरकारी तथा गैरसरकारी संघसंस्था, कार्यालय, विद्यालय, संघका पदाधिकारी, मिडिया, अम्पायर, खेलाडी, प्रशिक्षक, दर्शक लगायतलाई संघले धन्यवाद दिएको हो ।
प्रतियोगिता सम्पन्न भएसँगै शनिवार संघका अध्यक्ष अनिल बुढाले एक विज्ञप्ति जारी गर्दै प्रतियोगितालाई भव्य रूपमा सफल पार्नका लागि सहयोग गर्ने सम्पूर्णमा धन्यवाद ज्ञापन गर्नुभएको हो । साथै संघले प्रतियोगिता अवधिभरमा कुनै कमजोरी भएको खण्डमा क्षमा गर्न समेत सम्पूर्णमा अपिल गरेको छ ।
त्यस्तै अध्यक्ष बुढाले प्रतियोगिताको आयव्यय केही दिनमा सार्वजनिक गर्ने र प्रतियोगितालाई पूर्ण रूपमा पारदर्शी बनाइने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । फागुन १६ गतेबाट सुरु भएको प्रतियोगिता फागुन १७ गते सम्पन्न भएको थियो । प्रतियोगिता अन्तर्गत विभिन्न ५ विधामा प्रतिस्पर्धा भएको थियो । यो जिल्लामा एकै पटक सर्वाधिक विधामा प्रतिस्पर्धा भएको प्रतियोगिता रहेको संघले जनाएको छ ।