Kakhara सबैको खबर सम्पूर्ण खबर
गाडीको ठक्करबाट दिदीबहिनीको मृत्यु
फाइल फोटो ।

उदयपुर सदरमुकाम गाईघाटस्थित डिएमगेट नजिकै त्रियुगा बसपार्क जाने सडकखण्डमा गाडीको ठक्करबाट सडकको छेउमा उभिएका  दिदीबहिनीको मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तरीको राजविराज स्थायी घर भई गाइघाट बजारमा बस्दै आएकी १४ वर्षीया  अनुकुमारी दास र १२ वर्षीया देवीकुमारी दास रहेका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक केदारमान दोङले जानकारी दिनुभयो ।

बिहीबार साँझ गाईघाट बजारबाट त्रियुगा बसपार्कतर्फ जाँदै गरेको प्रदेश नं १ ०५–००१ च ०९२ नम्बरको जीपले डिएमगेट नजिक  सडकको पेटीमा बसिरहेका दुवै जनालाई ठक्कर दिएको थियो । ठक्करबाट गम्भीर घाइते भएकी अनुकुमारीको घटनास्थलमा नै मृत्यु भएको थियो भने अर्की घाइते देवीकुमारीको उपचारका क्रममा जिल्ला अस्पताल उदयपुरमा शुक्रबार मृत्यु भएको प्रहरीले जनाएको छ ।
      
जीप चालक त्रियुगा नगरपालिका वडा नम्बर ९ गैरुन का १८ वर्षीय निर्जल कटुवाललाई प्रहरीले नियन्त्रणमा लिएको छ । उक्त जीप गाइघाट हिमशीखर फर्निचर उद्योगको रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, फागुन २३, २०८१  ११:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update