
रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर १ मा रहेको रुकुमेली क्याम्पसमा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ । अखिल (क्रान्तिकारी) क्याम्पस इकाई समितिले क्याम्पसमा आज हाजिरी जवाफ प्रतियोगिता आयोेजना गरेको हो । क्याम्पसमा अध्यनरत विद्यार्थीहरुले प्रतियोगितामा प्रतिस्पर्धा गरेका थिए । प्रतियोगितामा सुनिता केसी र नविन दाहालको समुह प्रथम, श्रीषा विश्वकर्मा र विष्णुमाया मल्लको समुह दोस्रो, सन्ध्या विश्वकर्मा र श्रीयाना ददेलको समुह तेस्रो स्थान प्राप्त गर्दा निर्जला केसी र नविन पुन मगरको समुह सान्तोवना भएको रुकुमेली क्याम्पसका स्ववियू सभापतीका उम्मेदवार दिपक डाँडीले जानकारी दिनुभयो ।
उहाँका अनुसार क्याम्पसमा अध्यनरत विद्यार्थीलाई ६ समुहमा विभाजन गरेर हाजिरी जवाफ प्रतियोगिता गरिएको थियाे । प्रतियोगितामा स्थान प्राप्त गर्ने विद्यार्थीलाई शैक्षिक सामग्रीका साथै प्रमापपत्र समेत प्रदान गरिएको स्ववियू सभापतीका उम्मेदवार डाँडीले जानकारी दिनुभयो ।
क्याम्पस इकाई अध्यक्ष केशव विकको अध्यक्षतामा भएको कार्यक्रममा अखिल क्रान्तिकारीका कर्णाली प्रदेश प्रमुख सचिव नारायण केसीको प्रमुख आतिथ्यता रहेको थियो । त्यस्तै केन्द्रिय सचिवालय सदस्य विशाल विष्ट, संगठनका पुर्व जिल्ला सचिव दुर्गाप्रसाद विक लगायत क्याम्पसमा अध्यनरत विद्यार्थीहरुको उपस्थित रहेको थियो ।