 
                                                            जाजरकोटको नलगाड नगरपालिकामा एक दिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।नलगाड नगरपालिका र मानव विकास तथा सामुदायिक सेवा मेहर परियोजनाको संयुक्त आयोजनामा निशुल्क स्वास्थ्य शिविर सप्पन्न भएको हो । शिविरबाट नगरपालिकाका ३ सय ६२ जनाले सेवा लिएका छन । शिविरमा स्वास्थ्य परिक्षण, उपचार तथा परामर्श सेवा प्रदान गरिएको मेहर परियोजनाका संयोजक कुमेर परियारले जानकारी दिनुभयो ।
उहाँका अनुसार शिविरबाट महिला, वालवालिका, जेष्ठ नागरिक, अपांगता भएका व्यक्तिहरुको नाक, कान, घाँटी, मौसमी ज्वरो, रुघाखोकी, एलर्जी, महिलाहरुको महिनावारी अनियमितता, तल्लो पेटको दुखाई लगायतका बिरामीको स्वास्थ्य जाँच, उपचार तथा परामर्श सेवा प्रदान गरिएको थियो। त्यतै शिविरमा रगत तथा पिसावको परिक्षण, गर्भवती एवम, अन्य पेट सम्वन्धी समस्या भएका ३ सय ८ जना महिलाहरुको भिडियो एक्सरे समेत गरिएको थियो ।
मेहर परियोजना तथा अस्पतालले आफनो कार्ययोजना र स्थानीयतहरु संगको समन्वय एवम सहकार्यमा हरेक वर्ष रुकुम पश्चिम, सल्यान, जाजरकोट लगाएत जिल्लाका विभिन्न दुर्गम गाउँमा निशुल्क स्वास्थ्य शिविरहरु संचालन गर्दै आईरहेको चौरजहारी अस्पतालका प्रशासक डिल वहादुर गिरीले जानकारी दिनुभयो ।
शिविरमा विरामीहरुको स्वास्थ्य परिक्षण पछि जटिल प्रकृतिका समस्या भएका विरामीहरुलाई चौरजहारी अस्पताल तथा अन्य सुविधा सम्पन्न अस्पतालहरुमा थप उपचारको लागि रेफर समेत गर्दै आईरहेको उहाँले बताउनुभयो ।
निशुल्क स्वास्थ्य शिविरमा चौरजहारी अस्पतालका  डाक्टर रुवेन शाहुको नेतृत्वमा डाक्टर अक्सा गिरी सहित १४ जनाको स्वास्थ्यकर्मीको टोलीले सेवा प्रदान गरेको थियो ।
 


 
                                                 
                                                 
                                                 
                                                -1761806698.jpeg) 
                    


-1759842583.jpg)
 
                     
                     
                     
                     
                     
                    