नेपाल नेत्र सहायक परिवार कर्णाली प्रदेशको अध्यक्षमा प्रेम र सचिवमा धनबहादुर 
                            
                            
                                                        
                                                     
                                                                        नेपाल नेत्र सहायक परिवार कर्णाली प्रदेशको प्रथम अधिवेशन सम्पन्न भएको छ । सुर्खेतमा भएको अधिवेशनबाट प्रदेश नेतृत्व चयन गरिएको छ । प्रेम दीक्षितको अध्यक्षतामा १३ सदस्यीय प्रदेश समिति गठन गरिएको हो र
जसको उपाध्यक्षमा बबिता पुन, सचिवमा रुकुम पश्चिमका धनबहादुर केसी, सह सचिवमा अरुणकुमार गुप्ता र कोषाध्यक्षमा दीपेन्द्र साहनी तथा सह कोषाध्यक्षमा उमेश लामिछाने रहनुभएको छ । सदस्यहरूमा कमल भण्डारी, मंगल खड्का, लक्ष्मी शाही, कोसिस श्रेष्ठ, सुनिलकुमार थारु, विशाल बिसी र रुपशीला भण्डारी रहनुभएको छ ।
समितिले नेत्र सहायकहरूको हक हितका लागि काम गर्ने र आँखा स्वास्थ्यका क्षेत्रमा काम गर्ने जनाएको छ ।।
प्रकाशित मिति: आइतबार, चैत ३, २०८१  २२:२०
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    

 
                                                -1761806698.jpeg) 
                                                 
                                                 
                                                 
                    


-1759842583.jpg)
 
                     
                     
                     
                     
                    