नेपालमा राजा ल्याउन वैदेशिक शक्ती लागेकाे क्रान्तिकारी कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य तथा जनसम्बन्ध विस्तार अभियानका कमाण्डर कृष्णराज पौड्याले बताउनुभएको छ । आज रुकुम पश्चिमको जिल्ला सदरमुकाम खंलगामा पार्टीको जनसम्बन्ध विस्तार कार्यक्रमको जानकारी दिन आयोजना गरिएको पत्रकार सम्मेलनमा उहाँले राजा ल्याउनका लागि छिमेकी देश भारत लागि परेकाे बताउनुभयो । `अहिलेको व्यवस्था असफल भएको छ, यसको विकल्पको खोजीमा राजावादीहरुले राजा फर्काउनु पर्छ भनेर लागि रहेका छन्, यो यिनीहरूको तागत र नैतिकताले सम्भावना छैन्,´ उहाँले भन्नुभयो ।
‘राजा ल्याउनुपर्छ भने सन्दर्भमा बैदेशिक शक्ति लागेको छ, खासगरी भारतको ठुलो हात छ, भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र उत्तर प्रदेका मुख्यमन्त्री आदीत्य नाथ लागायतका केही व्यक्ती नेपालमा हिन्दु राष्ट्र र राजालाई पुर्नस्थापना गर्ने भनेर लागेका छन् । यिनैको आर्शिवाद लिएर राजाको बेलामा लाभ उठाएका केही व्यक्ती लागेका छन् । नेपालमा राजा आउने कल्पना नै नगरे हुन्छ, राजावादीमा जनमत नभएको प्रष्टै छ, नेता पौड्याले थप्नुभयाे ।
साथै उहाँले राजावादीहरूकाे कुकर्म जजताले बुझ्दै गएकाे उहाँकाे भनाई छ । चैत १५ गतेको घटना पनि देखियो कति राजावादीहरूले कति कुकर्म गर्छन, जिउँदै जलाएर मान्छे मारे, लुटपाट गरे, जडीबुटी प्रशाेधन केन्द्र लगायत अन्य निजी तथा सार्वजजिक सम्पत्तिमा ताेडफोड गरे, यी राजावादीका गतिविधि हेर्दा कसैले मन पराएका छनन्,’ उहाँले भन्नुभयाे ।
विद्यमान अवस्थामा पनि नेपालमा पुँजीवादको विकास हुन नसकेकाेले देशमा माफिया, विदेशी दलाहरुले हालीमुहानी गरेकाे र सम्पुर्ण अर्थतन्त्र तिनैको हातमा पुगेकाे, सरकार पनि उनीहरुले नै चलाएकाेले सचेत हुनुपर्ने बेला भएकाे उहाँले बताउनुभयाे ।

‘नयाँ जनवादी व्यवस्था हामीले देखेका छौँ, अहिलेको पुँजीपति वर्गको राज्य व्यवस्थाले जनता सन्तुष्टी छैनन्, सरकारका वरपरका मान्छेले मात्र फाईदा उठाईरहेका छन्, जनताको अवस्था उही छ, हामीले भनेको राज्यबादी जनव्यवस्था हरेक नागरिकलाई रोजगारीको ग्यारेन्टी, आफ्नो क्षमता याेग्यता अनुसार काम गर्न पाउनुपर्छ भन्ने हो । तर विद्यमान व्यवस्था लुट्ने बाहेक केही भएको छैन् यो व्यवस्था अन्त्य गर्न चाहान्छौ,´ उहाँले भन्नुभयो ।
विद्यमान व्यववस्था भन्दा उन्नत व्यवस्थामा जाने, जनविद्रोहको माध्यमबाट राज्य सत्तामा आमुल परिवर्तन गर्नुपर्छ भनेर आफूहरू लागेकाे उहाँले स्पस्ट पार्नुभयाे । देशमा अवको विकल्प भनेको क्रान्तिकारी शक्ती भएकाले यो शक्तिले नेपालमा जनवादी व्यवस्था ल्याउने क्रान्तिकारी पार्टीका स्थायी समिति सदस्य तथा जनसम्बन्ध विस्तार अभियानका कमाण्डर पौडयालको भनाई थियो ।
क्रान्तिकारी कम्युनिष्ट पार्टीले चैत्र ४ गतेदेखि बैशाख १८ गतेसम्म देशव्यापी जनसम्बन्ध विस्तार अभियान चलाई रहेको छ । जनसम्बन्ध अभियान वैशाख १८ गते काठमाडौँमा पुगेर सम्पन्न हुने पार्टीले जनाएको छ




-1759842583.jpg)