Kakhara सबैको खबर सम्पूर्ण खबर
नेविसंघकाे स्थापना दिवसमा जिल्ला अस्पताल सल्लेमा रक्तदान

नेपाल विद्यार्थी संघकाे ५५ औँ स्थापना दिवसकाे अवसरमा रुकुम पश्चिममा रक्तदान भएको छ । दिवसको अवसरमा नेविसंघ रुकुम पश्चिमले नेपाल रेडक्रस सोसाइटी रुकुम पश्चिमको समन्वयमा जिल्ला अस्पताल सल्लको ब्लड बैंकमा रक्तदान कार्यक्रम सम्पन्न गरेको नेविसंघ मुसिकाेटका अध्यक्ष चन्द्र ओलीले जानकारी दिनुभयो ।

७ जनाले रक्तदान गरेको उहाँले बताउनुभयो । ७ पिन्ट रगत दान भएको हो । जिल्ला अस्पताल ब्लड बैंकका ल्याब टेक्निसियन पुष्कर केसीका अनुसार ३ पिन्ट ए पोजेटिभ, एक एक पिन्ट बि पोजेटिभ र ओ पोजेटिभ तथा २ पिन्ट रगत दान भएको छ । रगत अभावमा कसैले ज्यान गुमाउन नपराेस भनेर रक्तदान कार्यक्रम आयोजना गरिएको अध्यक्ष ओलीले बताउनुभयो ।

नविसंघ रुकुम पश्चिमका कार्यवाहक अध्यक्ष अनिशेष केसीको नेतृत्वमा कार्यक्रम भएको हो । त्यस्तै दिवसकाे अवसरमा फलफुल वितरण समेत गरिएकाे छ । नेविसंघका अनुसार ३५ जना बिरामीलाई फलफुल वितरण गरिएकाे हाे ।

प्रकाशित मिति: शनिबार, वैशाख ६, २०८२  १८:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update