चालु आर्थिक वर्षमा डिभिजन वन कार्यालय रुकुम पश्चिम मार्फत कार्यान्वयन हुने गरी आएका केही भौतिक पूर्वाधार निर्माणका विकासे कार्यक्रम फिर्ता भएका छन् । समयमै काम हुन नसक्ने भन्दै यस अघि नै कार्यालयले तीन वटा कार्यक्रम र सहित बजेट फिर्ता पठाएको हो ।
गुरिल्ला ट्रेल पूर्वाधार कार्यक्रम सहित २५ लाख, युद्ध संग्राहलयका लागि आएको २५ लाख र जनयुद्ध संग्राहलय सानीभेरी गाउँपलिकाका लागि आएको २५ लाख रुपैयाँ मन्त्रालयमै फिर्ता पठाइएको हो । ति कार्यक्रम मन्त्रालयबाट अब सोझै स्थानीय तहमा गएर कार्यान्वयन हुने जनाइएको छ ।
डिभिजन वन कार्यालय स्यार्पूताल संरक्षणको लागि प्राप्त २५ लाख र डिग्रे शाईकुमारी मन्दिर पहुँच मार्ग निर्माणको लागि प्राप्त २५ लाखका यी योजना कार्यान्वयनमा लगेको छ । दुवै योजना कार्यान्वयनकै क्रममा रहेको निमित्त डिभिजन वन अधिकृत महेश कुमाईँले जानकारी दिनुभयो । डिभिजन वन कार्यालयले विकासे काम र अरु वन संरक्षण, सम्बद्र्धनका काम धेरै गर्ने भन्दै उहाँले वन संरक्षण, सम्बद्र्धनका काम भने नियमित भइरहेको बताउनुभयो ।
वन कार्यालयको भूमिका विकासे काम भन्दा वन संरक्षण, सम्बद्र्धन, त्यस सम्बन्धिका सचेतनामूलक कार्यक्रममा नै बढी हुने उहाँले बताउनुभयो । वन संरक्षण, वनको व्यवस्थापन, वृक्षारोण, जडिवुटी विकास कार्यक्रम, वन्यजन्तु संरक्षण, वन अतिक्रम, आगलागि नियन्त्रण हरू नियमित भैरहेको निमित्त डिभिजन वन अधिकृत कुमाईँले बताउनुभयाे । उहाँ दश दिन अघि मात्रै प्रमुखको रुपमा सरुवा भएर यस जिल्लामा आउनुभएको थियो । प्रदेश मातहत यो कार्यालय रहेपछि भने डिभिजन कार्यलय मार्फत पनि केह भौतिक पूर्वाधार निर्माणका काम गर्ने गरिएको छ ।