आगलागी
मुसिकाेट ११ स्यावाङस्थित एक घरमा आगलागी

रुकुम पश्चिमको मुसिकोट नगरपालिका ११ मा एक घरमा आगलागी भएको छ । बडाको स्यावाङमा रहेको स्थानीय गोपाल ओली र बिर्खबहादुर ओलीको घरमा आगलागी भएको हो ।
गोपाल र बिर्ख सहोदर भाइ हुनुहुन्छ भने उहाँहरूको परिवार एउटै घरमा बस्दै आएको छ । शनिवार बिहान ८ बजेतिर घरमा कोही नभएको अवस्थामा घरमा आगलागी भएको स्थानीय चन्द्रबहादुर ओलीले जानकारी दिनुभयो ।
उहाँका अनुसार आगलागीबाट २ तले डुङ्गे घर पूर्ण रूपमा ध्वस्त भएको छ । घर, अन्नपात, लत्ता कपडा, सुन, नगद लगायत गरेर ७ लाख बडीको क्षति भएको पीडित परिवारको भनाई छ ।
परिवारका सदस्य गहुँ काट्न बारीमा गएको बखत आगलागी भएको र आगलागीको कारण खुल्न नसकेको बताइएको छ ।
प्रकाशित मिति: शनिबार, वैशाख १३, २०८२ १२:१४
प्रतिक्रिया दिनुहोस्