Kakhara सबैको खबर सम्पूर्ण खबर
दलित मुक्ति मोर्चा त्रिवेणीको अध्यक्षमा होमबहादुर परियार चयन

नेपाल  दलित मुक्ति मोर्चा त्रिवेणी गाउँपालिका रुकुम पश्चिमको तेस्रो सम्मेलन सम्पन्न भएको छ ।  बिहिबार दलित मुक्ति मोर्चाको तेस्रो सम्मेलन त्रिवेणी गाउँपालिका २ सिम्रुतुमा सम्पन्न भएको हो । सम्मेलनले नयाँ नेतृत्व चयन गरेको छ । होमबहादुर परियारको अध्यक्षतामा २ जना पछि थप्ने गरी २१ सदस्यी नयाँ कार्यसमिति चयन भएको माओवादी केन्द्र त्रिवेणी गाउँपालिका अध्यक्ष मोहनकिश्वोर  ओलीले जानकारी दिनुभयो ।

सदस्यहरुमा प्रेमकुमारी विक, वुद्धि वादी, त्रिपुरा विक, देउमा विक, तुलसा विक र  कमला विक चयन हुनुभएको छ । त्यस्तै रुपलाल विक, पार्वता विक, विर्मा विक, सम्झना दमाई, पुष्पा नेपाली, चिरण विक, र विमला विक पनि सदस्यमा चयन हुनुभएको छ । कार्यसमिति सर्वसम्मत चयन गरिएको नेपाल दलित मुक्ति मोर्चा त्रिवेणीले जनाएको छ । 

प्रकाशित मिति: शुक्रबार, वैशाख १९, २०८२  १४:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update