Kakhara सबैको खबर सम्पूर्ण खबर
नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन (निजामती)को मुसिकोट अध्यक्षमा खकेन्द्र 

नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन (निजामती) मुसिकोट नगरपालिकाको दोस्रो अधिवेशन सम्पन्न भएको छ । शनिवार मुसिकोट नगरपालिका ५ शेरिगाउँ स्थित सहिद प्रतिष्ठानमा भएको अधिवेशनबाट नयाँ नेतृत्व चयन गरिएको छ । खकेन्द्र अधिकारीको अध्यक्षतामा १ जना पछि थप्ने गरी १५ सदस्यीय नगर समिति गठन गरिएको हो । 

जसको उपाध्यक्षमा चूडामणि विक र सुष्मा बुढा, सचिवमा युवराज खड्का, सह–सचिवमा पहिलभान खत्री र कोषाध्यक्षमा रामसरा बिक रहनुभएको छ । त्यस्तै सदस्यहरूमा फलिराम विश्वकर्मा, टिकाराम रोका, यशोदा दाहाल, दुविधा ओली, मेघराम ओली, तारादेवी खड्का, कविता देवकोटा र कविता बिक रहनुभएको छ ।

अध्यक्ष भिमराज गौतमको अध्यक्षतामा भएको अधिवेशन उद्घाटन कार्यक्रममा केन्द्रीय निर्वाचन आयोग सदस्य देवीलाल गौतमको प्रमुख आतिथ्यता रहेको थियो । जिल्ला संयोजक गोविन्द रोका सचिन, केन्द्रीय सदस्य प्रेमकुमारी सुनार, केन्द्रीय सदस्य बुद्धिप्रसाद गौतम, मुसिकोट नगर अध्यक्ष दलबहादुर खड्का लगायतको आतिथ्यता रहेको थियो ।। 

प्रकाशित मिति: आइतबार, वैशाख २१, २०८२  ०८:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update