नेपाल खेलकुद महासंघ
नेपाल खेलकुद महासंघ रुकुम पश्चिमकाे अध्यक्षमा नेत्र केसी चयन

नेकपा ( एमाले) निकट नेपाल खेलकुद महासंघ रुकुम पश्चिमको दोस्रो जिल्ला अधिवेशन सम्पन्न भएको छ । आज एमाले पार्टी कार्यालय बागबजारमा भएको दोस्रो अधिवेशनले नयाँ नेतृत्व चयन गरेको हो । अधिवेशनले नेत्र केसीको अध्यक्षतामा १७ सदस्यीय महासंघको जिल्ला कार्यसमिति निर्माण गरेको छ ।
जसको उपाध्यक्षमा भिम सार्की, सिताराम देवकोटा, सचिवमा कुबेर जंग खत्री, उपसचिवमा नविन खड्का, उषा खड्का र कोषाध्यक्षमा घमण्ड बिसी चयन भएको नव निवार्चित अध्यक्ष केसीले जानकारी दिनुभयो । कार्यसमिति सर्वसम्मत चयन गरिएको हो ।
अधिवेशनमा नेपाल खेलकुद महासंघ केन्द्रिय समितिका स्थायी सदस्य एनवि बस्नेत लगायत प्रदेश तथा जिल्ला स्तरका नेताहरुको सहभागिता रहेको थियो ।
प्रकाशित मिति: मंगलबार, वैशाख २३, २०८२ २०:५९
प्रतिक्रिया दिनुहोस्