Kakhara सबैको खबर सम्पूर्ण खबर
वाइसीयल रुकुम पश्चिमको पाँचौँ जिल्ला सम्मेलन वैशाख २५ र २६ गते हुने

नेकपा माओवादी केन्द्रको सहायक सङ्गठन योङ्ग कम्युनिस्ट लिग वाइसीयल नेपाल रुकुम पश्चिमको पाँचौँ जिल्ला सम्मेलन वैशाख २५ र २५ गते हुने भएको छ । मुसिकोट नगरपालिका वडा नम्बर ५ को शेरिगाउँस्थित सहिद प्रतिष्ठानको सभा हलमा सम्मेलन हुन लागेको हो । सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको वाइसीयल नेपाल रुकुम पश्चिमका संयोजक गोविन्द ओलीले जानकारी दिनुभयो । 

उहाँका अनुसार जिल्ला सम्मेलनलाई लक्षित गरेर जिल्लाका सबै ६ वटै पालिकामा पालिका सम्मेलन सम्पन्न भएका छन् । जिल्ला प्रतिनिधिहरू चयन भएका छन् भने प्रचार प्रसार लगायतका काम चलिरहेको उहाँले बताउनुभयो । सम्मेलनमा करिब १ हजार युवा उतार्ने तयारी वाइसीयलले गरेको छ । 

त्यस्तै सम्मेलनमा करिब २ सय प्रतिनिधि सहभागी हुने संयोजक ओलीले जानकारी दिनुभयो । सम्मेलनले वाइसीयल रुकुम पश्चिमको नयाँ नेतृत्व चयन गर्ने छ ।

सम्मेलन उद्घाटन समारोहमा वाइसीयल नेपालका केन्द्रीय अध्यक्ष सुबोधराज शिर्पाली, कर्णाली प्रदेशका पूर्व मुख्यमन्त्री राजकुमार शर्मा लगायतका नेताहरू सहभागी हुने वाइसीयल रुकुम पश्चिमले जनाएको छ । सम्मेलन उद्घाटन पूर्व खलङ्गाको बराहटाकुरा देखि सहिद प्रतिष्ठान शेरिगाउँसम्म र्‍याली निकाल्ने सङ्गठनले जनाएको छ ।

प्रकाशित मिति: बुधबार, वैशाख २४, २०८२  १६:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update