Kakhara सबैको खबर सम्पूर्ण खबर
त्रिवेणीका एक किशोरको पौडी खेल्ने क्रममा डुबेर मृत्यु
मृतक विकको शव उद्धार गरिँदै।

रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका  वडा नम्बर ९ सिस्नेरीका एक किशोरको पौडी खेल्ने क्रममा मृत्यु भएको छ । आज दिउँसो दाङको तुलसिपुर उपमहानगरपालिका वडा नम्बर १८ मा पाैडी खेल्ने क्रममा १६ बर्षिय भुपेन्द्र विककाे मृत्यु भएकाे हो । विकको तुलसीपुर उपमहानगरपालिका वडा  १८ स्थित अम्वाखाेली सामुदायिक वन क्षेत्रमा निर्माण गरिएकाे कृत्रिम तालमा साथीहरूसंग पाैडी खेल्ने क्रममा डुबेर विकको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले  जनाएको छ ।

१६ वर्षीय विक   तुलसिपुरमा अध्ययनका लागि अस्थायी बसाेबास गर्दै आईरहेका थिए ।  

प्रकाशित मिति: शनिबार, वैशाख २७, २०८२  २१:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update