सहयाेग
खड्काद्वारा जन्मदिनको अवसरमा आर्थिक सहयोग

रुकुम पश्चिमका एक युवाले आफ्नो जन्मदिनको अवसरमा आर्थिक सहयाेग गरेका छन् । जिल्लाको सानीभेरी गाँउपालिका वडा नम्बर ३ का महेन्द्र खड्काले बिरामी र कबड हल निर्माणको लागि आर्थिक सहयोग गर्नुभएको हो । हाल अमेरिका बस्दै आउनुभएका खड्काले आफ्नो ३२ औं जन्मदिनको अवसरमा उहाँले वडा नम्बर ३ गरायला निवासी काठमाडौँमा उपचाररत खडक विकलाई ५ हजार र सानिभेरी गाउँपालिका वडा नम्बर ३ पेदीमा कबड हल निर्माणको लागी १५ हजार रुपैयाँ सहयोग गर्नुभएको हो ।
उक्त रकम बिरामीको खातामा तथा कवड हल निर्माण समितिको खातामा जम्मा भइसकेको छ । सहयोग गर्ने खड्कालाई बिरामीको परिवार तथा कबड हल निर्माण समितिले धन्यवाद ज्ञापन गरेको छ ।
प्रकाशित मिति: आइतबार, वैशाख २८, २०८२ ०९:३५
प्रतिक्रिया दिनुहोस्