Kakhara सबैको खबर सम्पूर्ण खबर
त्रिवेणीमा मावि स्तरीय हाजिरजवाफ प्रतियोगिता सम्पन्न

रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका–३ स्थित युवा जनजागरण माध्यमिक विद्यालय झुल्नेटामा मावि स्तरीय हाजिरजवाफ प्रतियोगिता सम्पन्न भएको छ ।

किवानिज इन्टरनेसनल क्लब अफ खाराको आर्थिक तथा प्राविधिक सहयोग र सहिद स्मृति युवा क्लब त्रिवेणी गाउँपालिका–३ को व्यवस्थापनमा उक्त प्रतियोगिता सम्पन्न भएको हो । प्रतियोगितामा गाउँपालिकाभित्रका सात वटा माध्यमिक विद्यालयका विद्यार्थीहरूबिच प्रतिस्पर्धा गराइएको थियो । ‎

‎प्रतियोगितामा जनप्रिय माध्यमिक विद्यालय त्रिवेणी गाउँपालिका ८ पेउघा प्रथम स्थान हासिल गर्दै ५ हजार रुपैयाँसहित प्रमाणपत्र प्राप्त गर्‍यो । त्यस्तै, द्वितीय स्थानमा जनशक्ति माध्यमिक विद्यालय त्रिवेणी गाउँपालिका ६ विताडाँडा रहँदा साधारण माध्यमिक विद्यालय त्रिवेणी गाउँपालिका ७  मुरुडाँडाले तृतीय स्थान प्राप्त गरेका छ ।

युवा जनजागरण माध्यमिक विद्यालय त्रिवेणी गाउँपालिका–३ झुल्नेटा सान्त्वना भएको छ ।  दोस्रो, तेस्रो र सान्त्वना स्थान प्राप्त गर्ने समूहहरूले क्रमशः ३ हजार, २ हजार र १ हजार रुपैयाँसहित प्रमाणपत्र प्राप्त गरेका छन् ।

‎प्रतियोगितामा सहभागी सम्पूर्ण विद्यालयका विद्यार्थीहरूलाई सहिद स्मृति क्लबले गाडी भाडा तथा खाजा खर्चको व्यवस्था गरेको थियो ।

सहिद स्मृति क्लबका अध्यक्ष सर्वजीत ओलीको स्वागत मन्तव्यबाट सुरु भएको प्रतियोगिताको किवानिज इन्टरनेसनल क्लब अफ खाराका अध्यक्ष वीर बहादुर ओलीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

उद्घाटन समारोहमा क्लबका बोर्ड अफ ट्रस्टी मोहन लम्सालको प्रमुख अतिथि थिए भने त्रिवेणी गाउँपालिका ३ का वडाध्यक्ष दीपेन्द्र कुमार ओली विशेष अतिथि रहनु भएको थियो ।

कार्यक्रममा क्लबका सल्लाहकार भरत प्रसाद ढुङ्गेल, अक्सफोर्ड विश्वविद्यालयका ग्लोबल लिडर नरबहादुर टण्डन, क्लबका कोषाध्यक्ष राजन प्रसाद न्यौपाने, डिभिजन एल टी विकास लम्साल, बाइलज युवराज न्यौपाने, विद्यालयका प्रधानाध्यापक टिकाराम खडका, विभिन्न विद्यालयका शिक्षक, पत्रकार तथा मिडियाकर्मीहरूको उपस्थिति रहेको थियो।

कार्यक्रमको सञ्चालन क्लबका सचिव भीम रसाइलीले गर्नुभएको थियो।  प्रतियोगिता क्लबका बोर्ड अफ ट्रस्टी मोहन लम्सालले ब्यानर पढेर उद्घाटन गर्नुभएको थियो ।

क्लबले बालबालिका र समुदायको क्षेत्रमा काम गर्दै आएको बोर्ड अफ ट्रस्टी मोहन लम्सालले जानकारी दिनुभयो । 

IMG-20250511-WA0040-1746974577.jpg
क्लबले यस अघि गाउँपालिकामा रहेका भूकम्प प्रभावित विद्यालयमा नयाँ भवन निर्माण गरेको थियो । वडा नम्बर ३ मा रहेको युवा जनजागरण आधारभूत विद्यालय कुरलमा ११ लाख बराबरको दुई कोठे भवन र वडा नम्बर ४ को अन्धनासक माध्यमिक विद्यालय खुम्चेरीमा ११ लाख बराबरको दुई कोठे पक्की भवन निर्माण गरेको थियो ।

त्यस्तै ३ नम्बर वडामै रहेको प्रस्तावित बाल मञ्जरी वाल विकास केन्द्रमा २ कोठे कच्ची भवन तीन लाख र जनश्रमदानबाट निर्माण गरिएको थियो । 

क्लबका बोर्ड अफ ट्रस्टी मोहन लम्सालको पहलमा भूकम्पबाटै प्रभावित त्रिवेणी गाउँपालिकामा रहेको रेडियो समावेशी आवाजलाई एक सेट कम्प्युटर पनि उपलब्ध गराएको किवानिज इन्टरनेसनल क्लब अफ खाराका अध्यक्ष वीरबहादुर ओलीले जानकारी दिनुभयो ।

प्रकाशित मिति: आइतबार, वैशाख २८, २०८२  २०:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update