
रुकुम पश्चिमको सानीभेरी गाउँपालिका वडा नम्बर १० अमलाटाकुरी स्थित सिम्ली देखि तिमिले जोड्ने भित्री सडक खण्डमा जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । आज दिउँसो लु.प्र ०२००१ च ०१७७ नम्बरको निजि जिप ब्रेक फेल भई दुर्घटना हुँदा सानीभेरी गाउँपालिका १० का ५० वर्षीय नरबहादुर ओलीको मृत्यु भएको हो ।
दुर्घटनामा परी तीनजना घाइते भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक ऋषि पाठकले जानकारी दिनुभयो । उहाँका अनुसार घाइते हुनेमा जिप चालक दाङ तुल्सिपुर उपमहानगरपालिका ७ का ४४ लिलमणी भण्डारी, सोही स्थानका ४४ वर्षीया लिला ओली र ५० वर्षीया दुर्गा ओली घाइते हुनुभएको छ। सबैको अवस्था गम्भीर रहेको प्रहरी निरीक्षक पाठकले जानकारी दिनुभयो।
घाइतेहरूको चौरजहारी नगर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । गाडी ४ सय मिटर तल माथिल्लो सडकबाट तल्लो सडकमा खसेको थियो।