मृत फेला ।
सेरिगाउँमा एक व्यक्ति झुन्डिएको अवस्थामा मृत फेला

रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर ५ सेरिगाउँमा एक व्यक्ति झुन्डिएको अवस्थामा मृत्यु फेला परेका छन्। आज विहान सेरिगाउँमा कोठा गरेर बस्दै आएका आठविसकोट नगरपालिका वडा नम्बर १३ घेतमाका तत्त दमाईको छोरा २० वर्षीय निर्मल परीयारको झुन्डिएको अबस्था शव फेला परेको हो ।
आफु सुत्ने कोठाको सिलिङ पङ्खामा सलको पासो लगाई झुन्डिएको अवस्थामा निर्मलको शव फेला परेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिम सूचना अधिकारी प्रहरी निरीक्षक ऋषि पाठकले जानकारी दिनुभयो । घटनाको थप अनुसन्धान भइरहेको उहाँले जानकारी दिनुभयो ।
प्रकाशित मिति: सोमबार, वैशाख २९, २०८२ १६:१६
प्रतिक्रिया दिनुहोस्