Kakhara सबैको खबर सम्पूर्ण खबर
रुकुम पश्चिम दुर्घटना अपडेट : थप एक जनाको मृत्यु
फाइल फोटो ।

रुकुम पश्चिमको सानीभेरी गाउँपालिका  १० अमलाटाकुरी स्थित  सिम्ली देखि तिमिले जोड्ने भित्री सडक खण्डमा जीप दुर्घटना हुँदा घाईते भएका थप एक जनाको उपचारको लागि अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको छ ।  चौरजहारी नगर अस्पतालमा  उपचारको लागि लैजाँदै गर्दा सानीभेरी गाउँपालिका १० की ४४ वर्षीया लिला ओलीको मृत्यु भएको हो । यस अघि आजै दिउँसो लु.प्र ०२००१ च ०१७७ नम्बरको  जिप  ब्रेक फेल भई  दुर्घटना हुँदा सानीभेरी गाउँपालिका १० का  ५० वर्षीय नरबहादुर ओलीको  घटनास्थलमै मृत्यु भएको थियो । मृत्यु हुने श्रीमान श्रीमती हुन्।

दुर्घटनामा परी दुई जना घाइते भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक ऋषि पाठकले जानकारी दिनुभयो । उहाँका अनुसार घाइते हुनेमा  जिप चालक  दाङ तुल्सिपुर उपमहानगरपालिका ७ का  ४४ लिलामणी भण्डारी र  सोही स्थानका ५० वर्षीया दूर्गा ओली  हुनुहुन्छ  । घाइतेको अवस्था पनि  गम्भीर रहेको प्रहरीले जनाएको छ।

घाइतेहरूको चौरजहारी नगर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । गाडी ब्रेक फेल भएर ४ सय मिटर तल माथिल्लो सडकबाट तल्लो सडकमा खसेको थियो ।

प्रकाशित मिति: सोमबार, वैशाख २९, २०८२  १८:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update