राष्ट्रिय परिचयपत्र
इलाका प्रशासन कार्यालय चौरजहारीबाट भोलीदेखि राष्ट्रिय परिचयपत्र दर्ताको काम हुने

इलाका प्रशासन कार्यालय चौरजहारी रुकुम पश्चिमबाट भोलीदेखि राष्ट्रिय परिचयपत्र आवेदन दर्ताको काम सुरु हुने भएको छ । इलाका प्रशासन कार्यालयले आज एक सूचना जारी गर्दै भोलीदेखि राष्ट्रिय परिचयपत्र आवेदन दर्ताको काम सुरु गरिने जानकारी बनाएको हो । राष्ट्रिय परिचयपत्र आवेदन दर्ताको लागि कार्यालयमा दर्ता स्टेशन स्थापना गरी सेवा प्रवाह गर्न लागिएको इलाका प्रशासन कार्यालय चौरजहारीका प्रमुख तोषराज केसीले जानकारी दिनुभयो ।
इलाका प्रशासन कार्यालयबाट राष्ट्रिय परिचयपत्रको आवेदन दर्ता हुने भएकाले चौरजहारीबासी जिल्ला सदरमुकाम खलंगा आउनुपर्ने बाध्यता अन्त्य भएको छ । इलाका प्रशासनबाट यसअघि नै नागरिकता, नाबालक परिचय पत्र लगायत अन्य सिफारिस लगायतका कामकाज हुँदै आएको कार्यालयले जनाएको छ ।
प्रकाशित मिति: मंगलबार, वैशाख ३०, २०८२ १९:४२
प्रतिक्रिया दिनुहोस्