Kakhara सबैको खबर सम्पूर्ण खबर
रुकुम पश्चिमका छ हजार एकसय विद्यार्थीको मुटु परीक्षण

रुकुम पश्चिममा ६ हजार १ सय विद्यार्थीको मुटु चेकजाँच गरिएको छ । मंगलबार नेपाल ह्दय रोग निवारण प्रतिष्ठान काठमाडौँको प्राविधिक सहयोग तथा नेपाल ह्दय रोग निवारण प्रतिष्ठान जिल्ला शाखा रुकुम पश्चिमको आयोजनामा शिविर संचालन गरिएको थियो । उक्त शिविरबाट  ६ हजार १ सय विद्यार्थीहरुको निशुल्क मुट चेकजाँच गरिएको प्रतिष्ठान जिल्ला शाखा अध्यक्ष नरबहादुर लम्सालले जानकारी दिनुभयो ।

उहाँका अनुसार शिविर मुसिकोट नगरपालिका वडा नम्बर १ मा रहेको त्रिभुवन जनता मावि खलंगा र वडा नम्बर दुईमा रहेको महाकाली मावि सिस्नेखोलामा संचालन गरिएको थियो । शिविरमा मुटु चेकजाँच गर्दा ३६ जना बालबालिकामा मुुटु रोगको समस्या देखिएकाले छ भने ५ जनालाई तत्काल अप्रेशन गर्नुपर्ने देखिएको उहाँले बताउनुभयो । 

497651678_23952069774400284_1650523639500727841_n-1747206003.jpg

औषधी सेवन गर्ने मुटुका विरामीलाई २ महिनासम्म निशुल्क रुपमा औषधी उपलब्ध संस्थाले बनाउने छ  भने अप्रेशन गर्नुपर्ने ५ जनालाई पनि संस्थाले नै निशुल्क उपचार गर्ने शाखा अध्यक्ष लम्सालले जानकारी दिनुभयो । हृदय रोग प्रतिष्ठानका केन्द्रिय अध्यक्ष प्रेम सुवालसहित आठ जना बरिष्ठ मुटु रोग बिशेषज्ञहरुको टोलीले विद्यार्थीहरुको मुटुको जाँच गरिएको थियो । 

शिविरबाट सल्ले, सेरिगाउँ, डाङग्रीचौ, विजयश्वरी, न्यु मुनलाइट, सिस्ने बोर्डिङ स्कुलमा अध्यनरत विद्यार्थी बालबालिकाका सेवा प्रदान गरिएको शाखा अध्यक्ष लम्सालले जानकारी दिनुभयो । 

प्रकाशित मिति: बुधबार, जेठ १, २०८२  १२:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update