
रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकामा भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवद्र्धन सम्बन्धी पालिका स्तरिय अन्तरक्रिया कार्यक्रम भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेतको आयोजनामा पालिका स्तरीय अन्तरक्रिया कार्यक्रम भएको हो । कार्यक्रमको समन्वय त्रिवेणी गाउँपालिकाले गरेको थियो । अन्तरक्रिया कार्यक्रम सहभागीहरुलाई अख्तियार दूरुपयोग अनुसन्धान आयोग सुर्खेतका कार्यालय प्रमुख सहसचिव रामकृष्ण पुडासैनीले भ्रष्टाचार न्यूनिकरण, नियन्त्रण तथा सुशासन प्रवद्र्धन सम्बन्धी प्रशिक्षण दिनुभएको थियो ।
त्यस्तै भ्रष्टाचार भएको कसरी थाहा पाउने, भ्रष्टाचार कसरी हुन्छ, भ्रष्टाचार भएमा जानकारी कहा बनाउने, कानुनी प्रक्रियाका के हुन्छ भन्ने विषयमा प्रष्ट पार्नुभएको थियो । सहभागिहरुले पनि पालिकामा भ्रष्टाचार न्यूनिकरण गरी शून्य सहनशलता कायम गर्र्नुपर्ने, भ्रष्टाचार तथा अनियमिता गर्ने जो कोहीलाई कारवाहीको दायरमा ल्याउनुपर्ने लगायतका माग राखेका थिए । भ्रषटाचार भएको थाहा पाएमा जुनसुकै व्यक्तिले जुनसुकै बेला अख्तीयार दूरुपयोग अनुसन्धानको कार्यालयमा जानकारी बनाउन कार्यालय प्रमुख सहसचिव पुडासैनीले आग्रह गर्नुभएकाे छ ।
साथै कार्यालयको सम्पर्क नम्बर ०८३५२१९६०, फेसबुक, मेल, भाइबर मार्फत पनि उजुरी गर्न सकिने कार्यालय जनाएको छ । अन्तरक्रिया कार्यक्रम अख्तियार दूरुपयोग अनुसन्धान आयोग सुर्खेतका कार्यालय प्रमुख सहसचिव रामकृष्ण पुडासैनीको अध्यक्षतामा भएको कार्यक्रममा त्रिवेणी गाउँपालिका अध्यक्ष गनेशकुमार केसीको प्रमुख आतिथ्यता रहेकामा गाउँपालिका उपाध्यक्ष राजकुमारी रेउलेको विषेश आतिथ्यता रहेको थियो । त्यस्तै प्रमुख प्रशासकीय अधिकृत यज्ञबहादुर भणडारी, वडा अध्यक्षहरु, पालिकामा कार्यरत कर्मचारी, सुरक्षाकर्मी, विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष, विद्यालयका प्रधानाध्यापक लगायत स्थानीयबासीको उपस्थिति रहेको थियो । अख्तियार दुरुपयोग अनुसन्धान आयोग कर्णाली प्रदेश सुर्खेतले रुकुम पुर्वसहित कर्णालीका १० जिल्ला हेरिरहेको छ ।