Kakhara सबैको खबर सम्पूर्ण खबर
कर्णाली प्रदेश वाइसिएलको अध्यक्षमा रुकुम पश्चिमका ओली चयन 

नेकपा (माओवादी केन्द्र) को सहायक संठगन योङ कम्युनिस्ट लिग नेपाल वाइसिएलको कर्णाली प्रदेशको प्रथम सम्मेलन सम्पन्न भएको छ । सुर्खेतको विरेन्द्र नगरमा भएको प्रथम सम्मेलनले नयाँ प्रदेश समिति निर्माण गरेको हो । सम्मेलनले लक्ष्मण ओलीको अध्यक्षतामा ७१ सदस्यीय नयाँ कार्यससमिति निर्माण गरेको हाे । ओली रुकुम पश्चिमको त्रिवेणी  गाउँपालिका १ निवासी हुनुहुन्छ ।

जसको उपाध्यक्षमा प्रतिभा ओली, हंस बस्नेत, विशाल रोकाय, सचिवमा लोकेन्द्र राणा, सहसचिव दिपक विष्ट, प्रेम नेपाली, सूर्य फडेरा, प्ररागराज दाहाल, रमेश बुढाथोकी, कृष्ण शाही र कोषाध्यक्षमा तिलकप्रसाद पाण्डे चयन हुनुभएको छ  । नेतृत्व सर्वसम्मत चयन गरिएको हो ।

सम्मेलन यही वैशाख २९ गते पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्नुभएको थियो । 
 

प्रकाशित मिति: बिहीबार, जेठ २, २०८२  १२:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update