
प्रेस सेन्टर नेपाल जिल्ला समन्यव समिति रुकुम पश्चिमले सबै पालिकाको संयोजकको जिम्मेवारी तोकेको छ । आज मुसिकोट नगरपालिका वडा नम्बर ५ सेरिगाउँमा रहेको सहिद स्मृति प्रतिष्ठानको सभाहलमा भएको सेन्टरको बैठकले पालिकाको संयोजकको जिम्मेवारी बाडफाट गरेको हो । पालिकाको सम्मेलन यही जेठ २० गतेभित्र सक्नेगरी पालिका संयोजकको जिम्मेवारी दिएको प्रेस सेन्टरका जिल्ला अध्यक्ष मनिष खड्काले जानकारी दिनुभयो ।
उहाँका अनुसार त्रिवेणी गाउँपालिकाको संयोजकको जिम्मेवारी गोपाल ओलीलाई दिएको छ । त्यस्तै बाँफीकोट गाउँपालिकाको संयोजकमा बलबहादुर खत्री, सानीभेरी गाउँपालिकाको संयोजकमा नन्दराम ओली, मुसिकोट नगरपालिकाको संयोजकमा घनश्याम खड्का, चौरजहारी नगरपालिकाको संयोजकमा राजेन्द्र विक र आठविसकोट नगरपालिकाको संयोजकमा प्रेम कुसारीलाई जिम्मेवारी तोकिएको छ । पालिका यही जेठ २० गतेसम्म सम्मेलन गरिसक्नु पर्ने छ ।
साथै बैठकले जनतासँग माओवादी कार्यक्रम अन्तरर्गत यही जेठ ६ गते चौरजहारी नगरपालिकामा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आउने भएकाले कार्यक्रमलाई भव्य बनाउन प्रचारप्रसार गर्ने समेत निर्णय गरेको अध्यक्ष खड्काले जानकारी दिनुभयो ।
प्रेस सेन्टर रुकुम पश्चिमका अध्यक्ष खड्काको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा (माओवादी केन्द्र)का केन्द्रिय सदस्य तथा जिल्ला इन्चार्ज बसन्तकुमार शर्मा, जिल्ला संयोजक गोविन्द्र रोका सचिन, पार्टीका प्रचार विभाग प्रमुख मेगराज खड्का, पत्रकार महासंघका अध्यक्ष गोपालप्रसाद रेग्मी, प्रेस सेन्टरका पुर्व जिल्ला अध्यक्ष देवकुमार ओली लगायत प्रेस सेन्टर जिल्ला कार्यसमितिको उपस्थिती रहेको थियो ।