
बुद्ध भूमि मानव सेवा आश्रम शाखा कार्यालय रुकुम पश्चिममा आश्रम लिएर बस्ने बेसहारालाई जिल्ला अस्पताल सल्लेमा निःशुल्क स्वास्थ्य उपचार गरिने भएको छ । बुद्ध भूमि मानव सेवा आश्रम र अस्पताल प्रशासन बिच भएको सम्झौता अनुसार आश्रममा बस्ने बेसहारालाई हरेक महिनाको ५ गते निःशुल्क स्वास्थ्य उपचार गरिने भएको हो ।
बुधवार अस्पताल र बुद्ध भूमि मानव आश्रम बिच आश्रममा बस्ने बेसहारालाई हरेक महिनाको ५ गते निःशुल्क स्वास्थ्य उपचार गरिने गरी सम्झौता भएको बुद्ध भूमि मानव सेवा आश्रमका रुकुम शाखाका अध्यक्ष खम्बप्रसाद जैसीले जानकारी दिनुभयो ।
उहाँका अनुसार २०८१ साल फागुन २५ गतेदेखि मठमा स्थापना भएको मानव सेवा आश्रममा हाल २ जना महिला र तीन जना पुरुष आश्रम लिएर बसिरहेका छन् । ती आश्रममा बस्ने बेसहारालाई खान, बस्न र निःशुल्क स्वास्थ्य उपचार सेवा प्रदान गरिरहेको बुद्ध भूमि मानव सेवा आश्रम शाखा कार्यालय रुकुम पश्चिमले जनाएको छ ।