Kakhara सबैको खबर सम्पूर्ण खबर
लघुवित्त कर्मचारी सङ्घ रुकुम पश्चिमको पदाधिकारी हेरफेर 

लघुवित्त कर्मचारी सङ्घ रुकुम पश्चिमको पदाधिकारी हेरफेर गरिएको छ । बिहीबार डिप्रोक्स लघुवित्त वित्तीय संस्था मुसिकोट खलङ्गामा मञ्चका अध्यक्ष दलबहादुर ओलीको अध्यक्षतामा बसेको बैठकले सचिवमा हस्तबहादुर कँवर र कोषाध्यक्षमा रुद्र विकलाई चयन गरेको छ । कोषाध्यक्ष पद खाली भएपछि सचिव रुद्रलाई कोषाध्यक्षमा र हस्तबहादुरलाई सचिवमा चयन गरिएको मञ्चले जनाएको छ ।

बैठकले मासिक बैठक असार १ गते बस्ने, बैठकमा ढिलो गर्नेलाई ५० रुपैयाँ जरिवाना गर्ने र संस्थागत रूपमा प्रत्येक कर्मचारीबाट एक सय रुपैयाँ सङ्कलन गर्ने निर्णय समेत गरेको छ । त्यस्तै बैठकमा लक्ष्मी लघुवित्त र डिप्रोक्स लघुवित्तमा नयाँ आउने कर्मचारीलाई स्वागत समेत गरिएको थियो ।

प्रकाशित मिति: शुक्रबार, जेठ ३, २०८२  १४:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update