Kakhara सबैको खबर सम्पूर्ण खबर
मुसिकोट मेयर कप: साढे दुई महिनापछि अङ्ग्रेजी निबन्धको नतिजा सार्वजनिक

रुकुम पश्चिमको मुसिकोट नगरपालिका स्तरीय मेयर कप तथा अतिरिक्त क्रियाकलाप अन्तर्गत आयोजित अङ्ग्रेजी निबन्धको नतिजा साढे दुई महिनापछि सार्वजनिक भएको छ । मेयर कप गत फागुन १७ र १८ गते मुसिकोट ५ को शेरिगाउँस्थित यमुना नन्द नमुना माविमा सञ्चालन भएको थियो ।

नगर शिक्षा, युवा तथा खेलकुद शाखाले मेयर कप अन्तर्गत आयोजित निबन्ध प्रतियोगिताको नजिता ढिलो गरी बिहीबार सार्वजनिक गरेको हो । मुसिकोट नगरपालिका स्थित विद्यालयमा अध्यापन कार्यमा असंलग्न पालिका बाहिरका विज्ञबाट परीक्षण गराउनु पर्ने भएकोले नजिता सार्वजनिक गर्न केही ढिला भएको नगर शिक्षा शाखाले जनाएको छ ।

शाखाका अनुसार प्रतियोगितामा खलङ्गाको विजयश्वरी बोर्डिङ स्कुलकी दीपशिखा केसी प्रथम भएकी छन् । त्रिभुवन जनता मावि खलङ्गाकी सृष्टि केसी र सरस्वती मावि सल्लेकी हिरोहिता खड्का द्वितीय हुँदा बाल कल्याण मावि झुल्खेतका प्रदीप ओली र सिस्ने एकेडेमीका डिवास शर्मा तृतीय भएका छन् ।

प्रकाशित मिति: शुक्रबार, जेठ ३, २०८२  १५:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update