Kakhara सबैको खबर सम्पूर्ण खबर
जन्मदिनको अवसरमा केसीद्वारा विपन्न बालबालिका र बिरामीलाई सहयोग

रुकुम पश्चिम सानीभेरी गाउँपालिकाका एक व्यक्तिले विपन्न बालबालिका र बिरामीलाई सहयोग गरेर जन्मदिन मनाएका छन् ।

जिल्लाको सानीभेरी गाउँपालिका वडा नम्बर ६ छहरा घर भई हाल अमेरिकामा रहनुभएका भीमराज केसीले गरिबीका कारण पठनपाठनमा समस्या भएका ६ जना विद्यार्थीलाई ५/५ हजार रुपैयाँको शैक्षिक सामाग्री र आर्थिक अभावका कारण उपचारमा समस्या भएका दुई जना बिरामीलाई नगद १०/१० हजार गरी जम्मा रु ५२ हजार सहयोग गर्नुभएको हो ।

केसीले सानीभेरी–६ छहरास्थित जनता मावि कक्षा १ का छात्र कमल केसी, अमर ज्योति आवि सल्लिचौर कक्षा २ की छात्रा दीपकला विक, लक्ष्मी आवि कोटगाउँ कक्षा ४ का छात्र धनसिंह पुन, पृथ्वी आवि देउताखोला कक्षा ४ का छात्र धनबहादुर घर्ती, सानीभेरी–३ को सूर्योदय मावि बेल्टाप कक्षा ५ की छात्र कमल नकाल र सानीभेरी–९ को राप्ती ज्ञानोदय मावि सिम्ली कक्षा १ की छात्रा रिता खड्कालाई ५/५ हजारका कापी,कलम, झोला, लगायतका शैक्षिक सामाग्री सहयोग गर्नुभएको हो ।

यसैगरी उहाँले कलेजोको समस्या भई उपचार गराइरहेका सानीभेरी–६ का धनबहादुर घर्ती र हृदयाघातका कारण उपचाररत सानीभेरी–३ का खडकबहादुर विकलाई जनही १० हजार रुपैयाँ नगद सहयोग गर्नुभएको छ।

शनिवार सिम्लीमा पत्रकार नारायण ओलीको सहजीकरणमा उक्त शैक्षिक सामाग्री र नगद हस्तान्तरण गरिएको हो ।

प्रकाशित मिति: शनिबार, जेठ ४, २०८२  १३:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update