Kakhara सबैको खबर सम्पूर्ण खबर
मध्यपहाडी लाेकमार्ग अभियान: मंगलबार चौरजहारीमा दश हजार नेता, कार्यकर्ता उतार्दै माओवादी केन्द्र 
फाइल फाेटाे ।

नेकपा( माओवादी केन्द्र)ले संचालन गरेको मध्यपहाडी लोकमार्ग केन्द्रित जनअभियान जारी छ । सुदूरपश्चिम प्रदेशको बैतडी पाटनबाट सुरु गरिएको अभियान अछाम हुँदै आइतबार दैलेख सदरमुकाममा भव्य जनसभा सम्पन्न भएको छ । सोही जनअभियानलाई सफल बनाउन रुकुम पश्चिममा पनि माओवादी केन्द्रले विभिन्न गतिविधि संचालन गरिरहेको छ । पार्टीले जिल्लामा भेला, वैठक, अन्तरक्रिया जस्ता कार्यक्रमहरु गरिरहेको माओवादी केन्द्रले जनाएको छ ।

जिल्लाका छवटै पालिकाबाट मंलगबार चाैरजहारीमा उपस्थितको लागि तयारी भइरहेको जिल्ला पार्टी संयोजक गोविन्द्र रोका सचिनले जानकारी दिनुभयो । उहाँका अनुसार मंगलबार चौरजहारी नगरपालिका वडा नम्बर २ शंखपीपलमा आयोजना गरिएको जनसभालाई पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गर्ने कार्यक्रम रहेकाले तयारी तिव्र पारिएको छ । मञ्च व्यवस्थापन लगायतको काम भइरहेकोले भोली सम्पूर्ण तयारी पुरा हुने उहाँले जानकारी दिनुभयो ।

जनअभियानमा रुकुम पश्चिमका छवटै स्थानीय तहबाट राम्रो उपस्थिती हुने र १० हजार नेताकार्यकर्ता कार्यक्रममा सहभागि बनाउने माओवादीले लक्ष्य राखेको छ । जनसभालाई पार्टी अध्यक्ष प्रचण्ड सहित राष्ट्रिय स्तरका अन्य नेताहरुले पनि सम्बोधन गर्ने कार्यक्रम  रहेको छ । 
 

प्रकाशित मिति: आइतबार, जेठ ५, २०८२  १९:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update