
नेकपा (माओवादी केन्द्र)को मध्यपहाडी लोकमार्ग अभियान अन्तर्गतको टोलीलाई रूकुम पश्चिमकाे मुसिकोट नगरपालिका–७, साँखबाट बिदाइ गरिएको छ । कर्णाली प्रदेशबाट लुम्बिनी प्रदेशकाे रूकुम पूर्वका लागि बिदाई गरिएकाे हाे ।
कर्णाली प्रदेश इन्चार्ज कालिबहादुर मल्लले अभियान टोलीका नेता तथा पार्टी अध्यक्ष प्रचण्डलाई भेडाको ऊनबाट बनेको स्थानीय उत्पादन उपहार स्वरूप प्रदान गर्दै सम्मानपूर्वक बिदाइ गर्नुभएको हो ।
त्यसक्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुषपकमल दाहाल प्रचण्डले स्थानीय संस्कृतिको प्रवर्द्धन र उत्पादनप्रति सम्मानस्वरूप दिइएको सो उपहारले अभियानको आत्मीयता र जनसङ्गठनबीचको सम्बन्ध झल्काउने बताउनुभयाे ।
साथै उहाँले साँख गाउँलाई पर्यटकीय स्थलका रूपमा विकास गर्न पहल गरिने बताउनुभयाे । झुल्खेत लगायतका ठाउँकाे स्मरण गर्दै उहाँले याे क्षेत्रसँग आफ्नाे विशेष भावनात्मक सम्बन्ध रहेकाे समेत बताउनुभयाे ।
टाेलीलाई बिदाई गर्न माओवादी केन्द्रका उमपहासचिव जनार्दन शर्मा लगायतकाे टाेली पनि साँख पुगेकाे थियाे ।