
जितमान पुन मार्सल सहितका नेता माओवादीमा फिर्ता हुनुभएकाे छ । जनतासँग माओवादी मध्यपहाडी लाेकमार्ग जनजागरण अभियान अन्तर्गत रूकुमकाेटमा आयाेजित जनसंवाद कार्यक्रम मार्फत जनमुक्ति सेनाका पूर्व कमान्डर तथा पूर्व जिल्ला सेक्रेटरी समेत रहनुभएका मार्सललाई पार्टी अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पार्टीमा स्वागत गर्नुभयाे ।
मार्सल बाबुराम भट्टराइसँगै माओवादीबाट अलग हुनुभएकाे थियाे । लामाे समय बाबुराम सँगै रहनुभएका उहाँ नेपाल समाजवादी पार्टीका पूर्व केन्द्रीय सदस्य समेत हुनुहुन्छ । उहाँ पछिल्लाे समय भने निष्कृय हुनुहुन्थ्याे । उहाँसंगै बाबुराम भट्टराई नेतृत्वकाे सिंगाे पार्टी माओवादीमा समाहित भएकाे छ ।
त्यस्तै पार्टी फिर्ता हुनेमा नेकपा एमालेका निवर्तमान लुम्बिनी प्रदेश सदस्य उपेन्द्रलाल कामी रहनुभएकाे छ । उहाँ केही वर्ष अघि एमाले प्रवेश गर्नुभएकाे थियाे ।
पार्टीमा फिर्ता हुनेलाई स्वागत गर्दै अध्यक्ष प्रचण्डले सबै माओवादीहरू घटकहरू एक हुनु विकल्प नभएकाे बताउनुभयाे । माओवादीकाे देशव्यापी लाेकप्रियता बढ्दै गएपछि अन्य पार्टी तथा छुट्टिएर गएका माओवादीहरू गाेलबन्ध हुँदै जानू सकारात्मक रहेकाे बताउनुभयाे ।