Kakhara सबैको खबर सम्पूर्ण खबर
प्रचण्डद्वारा भूमेकाे मारिङ बहुउद्देश्यीय सहकारीकाे अवलाेकन

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा गणतन्त्र नेपालको प्रथम जननिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको मध्यपहाडी लोकमार्ग अभियान टोलीले रूकुम पूर्वको भूमे गाउँपालिकामा सञ्चालित मारिङ बहुउद्देश्यीय सहकारी संस्था अन्तर्गतको अर्गानिक सहकारी मार्टको अवलोकन गर्नुभएको छ ।

उक्त सहकारीले स्थानीय उत्पादनको बजारिकरण तथा कृषकलाई उत्पादनमुखी बनाउन सहयोग पुर्‍याउँदै आएको छ । अवलोकनको अवसरमा सहकारीका अध्यक्ष रामसुर बुढा मगरले सहकारीले सञ्चालन गरेका कार्यक्रमहरू र गतिविधिबारे जानकारी दिनुभयो ।

IMG-20250522-WA0049-1747893625.jpg
उहाँले स्थानीय रूपमा उत्पादन हुने अर्गानिक वस्तुको माग उच्च रहेको उल्लेख गर्दै त्यसअनुसार उत्पादन बढाउन आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो ।

कार्यक्रमको अन्त्यमा अध्यक्ष बुढा मगरले अध्यक्ष प्रचण्डलाई सहकारीका अर्गानिक उत्पादनहरू उपहारस्वरूप प्रदान गर्नुभयो ।

प्रकाशित मिति: बिहीबार, जेठ ९, २०८२  ११:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update