Kakhara सबैको खबर सम्पूर्ण खबर
चट्याङ लागेर एक महिलाको मृत्यु
फाइल फाेटाे ।


जुम्लामा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ । आज दिउँसो ४ बजेतिर चट्याङ लागेर यहाँको तातोपानी गाउँपालिका–८ स्थित टोप्ला गाउँकी २७ वर्षीया कल्पना शाहीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीनबाबु रेग्मीले जानकारी दिनुभयो । मृतक शाही सुब्बाकुना पाटनमा यार्सागुम्बा खोज्न जानुभएको थियो ।

पाटनमा यार्सागुम्बा खोज्ने क्रममा चट्याङ परी मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयबाट घटनास्थलतर्फ प्रहरी पठाइएको प्रहरीले जनाएको छ । 
 

प्रकाशित मिति: बिहीबार, जेठ ९, २०८२  १९:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update