
रूकुम पश्चिममा करेन्ट लागेर एक जना विद्युत कर्मचारीकाे मृत्यु भएकाे छ । मुसिकाेट नगरपालिका-४ बाेहरागाउँमा विद्युत मर्मतका क्रममा रूकुमपूर्वकाे सिस्ने गाउँपालिका-३ का २९ वर्षीय खिमबहादुर खड्काकाे मृत्यु भएकाे हाे ।
मर्मतका लागि बिहिबार राति १० बजेतिर पाेलमा चढेका नेपाल विद्युत प्राधिकरण रूकुमकाेट वितरण केन्द्रमा कार्यरत खड्कालाई करेन्ट लागेकाे थियाे । रूकुम पूर्वमा विद्युत अवरुद्ध भएपछि मर्मतका लागि पाेलमा चढेका खड्काकाे पाेलमै मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय रूकुम पश्चिमले जनाएकाे छ ।
केन्द्रीय प्रशारण लाइनकाे तार नजिकै रहेकाे साेलाबाङ लघु जलविद्युत आयाेजनाकाे तारमा छाेइदा खड्कालाई करेन्ट लागेकाे जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक ऋषि पाठकले जानकारी दिनुभयाे ।
खड्काकाे शव पाेष्टमार्टमका लागि जिल्ला अस्पतालकाे पाेष्टमार्टम गृहमा राखिएकाे उहाँले बताउनुभयाे।