Kakhara सबैको खबर सम्पूर्ण खबर
तेस्राे वडाध्यक्ष कप ब्याडमिन्टन: विशाल र शिखरकाे जाेडी प्रथम

रूकुम पश्चिमकाे मुसिकाेट खलंगामा सञ्चालित तेस्राे वडाध्यक्ष कप पुरूष खुला ब्याडमिन्टन विशाल बिष्ट र शिखर केसीकाे जाेडीले जितेकाे छ ।

मुसिकाेट नगरपालिका वडा नम्बर २ ले आयाेजना गरेकाे प्रतियाेगिताकाे आज भएकाे फाइनलमा इश्वर रावल र केहलबिक्रम जिसीकाे जाेडीलाई २-० काे साेझाे सेटमा पराजित गर्दै विशाल र शिखरकाे जाेडी प्रथम भएकाे हाे ।

उक्त जाेडीले नगद १७ हजार, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेकाे छ । दाेस्राे भएकाे इश्वर र केहलकाे जाेडीले ८ हजार नगद, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेकाे आयाेजक मुसिकाेट नगरपालिका २ ले जानएकाे छ ।

प्रतियाेगितामा नवचन्द्र ओली र राेहित ओली तथा मुस्कान केसी र खिम राेकायकाे जाेडी सान्त्वना भएका छन् । दुवै जाेडीले समान २ हजार ५ सय प्राप्त गरेकाे वडा सचिव कमल पुनले जानकारी दिनुभयाे । शिखर केसी प्रतियोगिताकाे उत्कृष्ट खेलाडी बनेका छन् ।

प्रतियोगितामा ३१ जाेडीले प्रतिस्पर्धा गरेका थिए । ब्याडमिन्टन खेलकाे विकासका लागि वडाले प्रतियोगिता आयाेजना गरिरहेकाे र याे वर्ष तेस्रो संस्करण सम्पन्न गरिएकाे वडाध्यक्ष दिनेश खड्काले बताउनुभयाे । 

प्रकाशित मिति: शनिबार, जेठ ११, २०८२  २०:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update