
रुकुम पश्चिमको सानीभेरी गाउँपालिका वडा नम्बर ६ सल्लीचौरका कलेजो विरामी धनबहादुर घर्तीलाई आर्थिक सहयोग प्राप्त भएको छ । वैदेशिक रोजगारिको सिलशिलामा दक्षिण कोरियामा रहेका युवाहरुले आर्थिक संकलन गरेर घर्तीको उपचारको लागि रकम नेपाल पठाएका हुन् । धनबहादुर बचाउन अभियान चलाएर दक्षिण कोरियामा रहेका ४० जना युवाहरुले घर्तीको उपचारको लागि १ लाख ५ हजार ४ सय ६३ रुपैयाँ पठाएको पत्रकार नारायण ओलीले जानकारी दिनुभयो ।
पत्रकार ओलीका अनुसार यसअघी ४ हजार ५ सय ११ रुपैयाँ विरामि खातामा जम्मा भईसकेको र बाँकी आफ्नो खातामा प्राप्त भएको १ लाख ९ सय ५२ रुपैयाँ विरामीको छोरी अमृता घर्तीलाई आज सिम्लीमा चेक हस्तान्तरण गरेकाे उहाँले जानकारी दिनुभयो । घर्तीको विगत केही महिनादेखि कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको परिवारले जनाएको छ ।
मृत्युसँग लडिरहेका धनबहादुरको उपचारको लागि सहयोग गर्ने सम्पुर्णलाई परिवारले धन्यवाद ज्ञापन गरेको छ ।