Kakhara सबैको खबर सम्पूर्ण खबर
आज कृष्ण सेन ‘इच्छुक’को २३ औँ स्मृति दिवसको अवसरमा  रुकुम पश्चिममा विभिन्न कार्यक्रम गरिँदै 

रुकुम पश्चिममा पनि विभिन्न कार्यक्रम गरी आज २३ औँ कृष सेन ‘इच्छुक’ स्मृति दिवस मनाउन लागिएको छ । प्रेस सेन्टर जिल्ला शाखा रुकुम पश्चिमको आयोजनामा विभिन्न कार्यक्रम गरी स्मृति दिवस मनाउन लागिएको हो । स्मृति दिवसको अवसरमा विभिन्न पाँच वटा कार्यक्रमको आयोजना गरिएको प्रेस सेन्टर जिल्ला समन्यव समिति रुकुम पश्चिमका अध्यक्ष मनिष खड्काले जानकारी दिनुभयो ।

 उहाँका अनुसार आज विहान ८ बजे जिल्ला कारागारमा रहेका कैदिबन्दिलाई फुलफुल वितरण कार्यक्रमको आयोजना गरिएको छ । त्यस्तै आजै दिउँसो २ बजे  मुसिकोट  नगरपालिका १ खलंगामा रहेको जनविकास पुस्तकालयको सभाहलमा राप्ती साहित्य परिषद जिल्ला शाखाको सहकार्यमा कृष्ण सेन ‘इच्छुक’को स्मृतिमा साहित्यिक कार्यक्रम, साहित्य कार्यक्रम सकिए पश्चात सोही स्थानमा  प्रेस सेन्टर नेपाल मुसिकोटको अधिवेशन हुने छ ।

त्यसैगरी साँझ ७ बजे मुसिकोट  नगरपालिका १ कालिकास्थानमा  दीप प्रज्ज्वलन र भोली विहान ८ बजे प्रेस सेन्टर र प्रेस यूनियनको संयूक्त आयोजनामा पत्रकार बिच मैत्रीपूर्ण फुटबल  प्रतियोगिता आयोजना गरिएको जिल्ला अध्यक्ष खड्काले जानकारी दिनुभयो । कृष्ण सेन ‘इच्छुक’को सम्झनामा हरेक वर्ष प्रेस सेन्टरले केन्द्रदेखि जिल्लासम्म विभिन्न कार्यक्रम गरेर स्मृति  दिवस मनाउने गरेकाे छ । 

प्रकाशित मिति: मंगलबार, जेठ १४, २०८२  ०७:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update