
जिल्ला कारागार रुकुम पश्चिमका १ सय ६३ जना कैदी बन्दीलाई फलफूल वितरण गरिएको छ । प्रेस सेन्टर जिल्ला शाखाले कृष्ण सेन ‘इच्छुक’को २३ औँ स्मृति दिवसको अवसरमा कारागारमा रहेका कैदी बन्दीलाई फलफूल वितरण गरेको हो । प्रमुख जिल्ला अधिकारी कुलबहादुर जिसी मार्फत कारागारमै पुगेर कैदी बन्दीहरुलाई फलफूल वितरण गरिएको प्रेस सेन्टरका जिल्ला अध्यक्ष मनिष खड्काले जानकारी दिनुभयो ।
उहाँका अनुसार फलफूल केरा र स्याउ वितरण गरिएको हो । कारागारमा रहेका १ सय ६३ जना कैदी बन्दी भए पनि कारागार प्रशासन, सुरक्षाकर्मी गरी करिब २ सय जनालाई पुग्ने गरी कारागार आन्तरिक प्रशासनलाई फलफूल हस्तान्तरण गरिएको उहाँको भनाई छ ।
फलफूल वितरण कार्यक्रममा प्रमुख जिल्ला अधिकारी जिसी, नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज वसन्तकुमार शर्मा, जिल्ला संयोजक गोविन्द रोका सचिन, प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक प्रमेश विष्ट, नेकपा(माओवादी केन्द्र) का प्रचार विभाग प्रमुख मेगराज खड्का , प्रेस युनियनका केन्द्रीय सदस्य प्रविर ददेल, नेपाल पत्रकार महासंघ रुकुम पश्चिमका शाखा सचिव दीपेन्द्र महतारा, प्रेस सेन्टर कर्णाली प्रदेश उपाध्यक्ष तुलसा रोका, लेखा संयोजक प्रचण्ड खत्री, प्रेस युनियनका जिल्ला अध्यक्ष सुमित्रा केसी, प्रेस चौतारीका जिल्ला अध्यक्ष परिचन्द्र खत्री, समाजवादी प्रेस सङ्गठनका जिल्ला अध्यक्ष भरत चन्द, लगायत अन्य सञ्चार माध्यममा कार्यरत पत्रकारहरूको उपस्थिति रहेको थियो ।
स्मृति दिवसको अवसरमा जिल्लामा अन्य कार्यक्रम पनि आयोजना गरिएको प्रेस सेन्टर जिल्ला शाखा रुकुम पश्चिमले जनाएको छ ।