Kakhara सबैको खबर सम्पूर्ण खबर
बाँफिकोटमा विपन्न परिवारका १२१ विद्यार्थीलाई शैक्षिक सामग्री वितण गरिँदै 

रुकुम पश्चिमको बाँफिकोट गाउँपालिकामा रहेको आमा बाबु स्मृति प्रतिष्ठान छात्रवृत्ति अक्षयकोषबाट १ सय २१ जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गर्न लागिएको छ । पालिकामा सञ्चालमा रहेका सामुदायिक विद्यालयहरूबाट छनोट गरेर विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गर्न लागिएको हो । पालिकाका ४० वटा विद्यालयका जेहेन्दार, गरिब, टुहुरा, अपाङ्ग, असहाय र सहिद परिवारका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गर्न लागिएको आमा बाबु स्मृति प्रतिष्ठान छात्रवृत्ति अक्षयकोषका अध्यक्ष चन्द्रबहादुर केसी जानकारी दिनुभयो ।

उहाँका अनुसार एक वर्ष पुग्ने गरी कापी कलम, ज्यामिति बक्स, एक सेट विद्यालयको पोसाक लगायतका सामाग्री उपलब्ध बनाउन लागिएको छ । यही जेठ १६ गते  वडा नम्बर ४ मा रहेको वीरेन्द्र माविमा एक कार्यक्रमको आयोजना गरी विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिनेछ । 
यसै विच गणतन्त्र दिवसको दिन दिन जेठ १५ गते विद्यालय स्तरीय कक्षा ६ देखि ८ सम्म छात्र, छात्रा हाजिरीजवाफ र कक्षा ९ र १० को  बक्तित्वकला प्रतियोगिता सञ्चालन गर्न लागिएको अध्यक्ष केसीले जानकारी दिनुभयो । 

हाजिरी जवाफ र बक्तित्वकला प्रतियोगितामा स्थान प्राप्त गर्नेलाई पुुरस्कारको व्यवस्था गरिएको छ । प्रथम स्थान प्राप्त  गर्नेलाई आठ हजार रुपैयाँ,  दोस्रो स्तथान प्राप्त गर्नेलाई ६ हजार रुपैयाँ, तेस्रो स्थान प्राप्त गर्नेलाई चार हजार रुपैयाँ र  सान्त्वना स्थान प्राप्त गर्नेलाई दुई हजार रुपैयाँ पुरस्कार पुरस्कार रहेको छ । 

गत वर्ष कक्षा १० को एसइई परीक्षामा प्रथम दोस्रो र तेस्रो भएका विद्यार्थी तथा उनका अभिभावक र यो वर्ष पालिकाले सञ्चालन गरेको कक्षा ८ परीक्षामा प्रथम दोस्रो र तेस्रो स्थान प्राप्त गरेका विद्यार्थी र उनका अभिभावक सम्मान समते गरिने बताएको छ । 
 

प्रकाशित मिति: मंगलबार, जेठ १४, २०८२  १७:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update