Kakhara सबैको खबर सम्पूर्ण खबर
प्रेस सेन्टर नेपाल मुसिकाेटकाे अध्यक्षमा घनश्याम खड्का

प्रेस सेन्टर नेपाल मुसिकोट नगरपालिका रुकुम पश्चिमको अध्यक्षमा घनश्याम खड्का निर्वाचित हुनुभएको छ। आज जिल्ला समन्वय समिति सभा हलमा भएको अधिवेशन बाट खड्काको अध्यक्षतामा निर्विरोध पाँच सदस्यीय नयाँ समिति निर्माण गरिएको हो । 

जसको सचिवमा कपिल विष्ट र कोषाध्यक्षमा प्रमिला कठायत निर्वाचित हुनुभएको छ । नव निर्वाचित समितिलाई  

नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य वसन्त शर्मा, जिल्ला संयोजक सचिन रोका, नेकपा माओवादी केन्द्रका मुसिकोट नगरपालिका अध्यक्ष दलबहादुर खड्का, नेकपा माओवादी केन्द्रका प्रचार विभाग प्रमुख मेगराज खड्का लगायतले बधाई तथा शुभकामना दिनुभएकाे थियाे । 

प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति रुकुम  पश्चिमको अध्यक्ष मनिष खड्काको अध्यक्षतामा रहेको कार्यक्रमको सञ्चालन प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति रुकुम  पश्चिमका उपाध्यक्ष दीपेन्द्र महताराले गर्नुभएको थियो ।

प्रकाशित मिति: मंगलबार, जेठ १४, २०८२  २०:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update