
प्रेस सेन्टर नेपाल रुकुम पश्चिम र नेपाल प्रेस युनियन रुकुम पश्चिमले संयुक्त रूपमा दीप प्रज्वलन गरेका छन् । २३ औँ कृष्ण सेन इच्छुक स्मृति दिवस र प्रेस युनियनको स्थापना दिवसका अवसरमा दुई सङ्गठनले मङ्गलवार बेलुकी मुसिकोट खलङ्गामा संयुक्त रूपमा दीप प्रज्वलन गरेका हुन् ।
प्रेस सेन्टरले मङ्गलवार दिनभर विभिन्न कार्यक्रम आयोजना गरी २३ औँ कृष्ण सेन इच्छुक स्मृति दिवस मनाएको छ । सङ्गठनले दिवस अन्तर्गत बेलुकी दीप प्रज्वलन कार्यक्रम आयोजना गरेको थियो ।
त्यस्तै नेपाल प्रेस युनियन रुकुम पश्चिमले ३४ औँ स्थापना दिवस साताव्यापी रूपमा मनाइरहेको छ । त्यसअन्तर्गत उसले पनि मङ्गलवार बेलुकी दीप प्रज्वलनको कार्यक्रम आयोजना गरेको थियो ।
दुवै सङ्गठनले दीप प्रज्वलन कार्यक्रम आयोजना गरेको सम्बन्धमा संयुक्त रूपमा दीप प्रज्वलन गरेका हुन् । यी दुई सङ्गठनले स्थापना दिवस र स्मृति दिवसको अवसरमा बुधवार बिहान मुसिकोट खलङ्गामा संयुक्त रूपमा पत्रकारहरूका बिचमा मैत्रीपूर्ण फुटबल आयोजना गरेका छन् ।
दुई सङ्गठन बिचको सम्बन्धलाई थप बलियो बनाउने संयुक्त रूपमा मैत्रीपूर्ण फुटबल आयोजना गरिएको र त्यसको अघिल्लो दिन संयुक्त रूपमा दीप प्रज्वलन कार्यक्रम आयोजना गरेको प्रेस सेन्टर नेपाल रुकुम पश्चिमका इन्चार्ज मेगराज खड्काले जानकारी दिनुभयो ।
त्यस्तै प्रेस युनियनका केन्द्रीय सदस्य प्रबिर ददेलले यस्ता कार्यक्रममा सङ्गठन बिचको सहकार्यलाई थप बलियो बनाउन भूमिका खेल्ने बताउनुभयो ।
पत्रकार सङ्गठनहरू पत्रकारका पेसागत हक हितका मुद्दामा एक रहेको सन्देश यो कार्यक्रमले गएको दुवै सङ्गठनले जनाएका छन् । यो कार्यक्रम देशभरमै नमुना रहेको प्रेस युनियन र प्रेस सेन्टरको भनाई छ ।
दीप प्रज्वलन कार्यक्रममा दुई सङ्गठनका विभिन्न तहका पदाधिकारी तथा सदस्य एवं जिल्लास्थित विभिन्न पत्रकार संघ सङ्गठनका प्रमुख तथा प्रतिनिधि एवं जिल्लास्थित क्रियाशील पत्रकारहरूको उपस्थिति रहेको थियो ।