Kakhara सबैको खबर सम्पूर्ण खबर
रुकुम पश्चिममा मातृ तथा पेरिनेटल मृत्यु निगरानी तथा प्रतिकार्य सम्वन्धी अभिमुखिकरण तालिम

रुकुम पश्चिमको जिल्ला सदरमुकाम खलंगामा मातृ तथा पेरिनेटल मृत्यु निगरानी तथा प्रतिकार्य सम्वन्धी अभिमुखिकरण तालिम सुरु भएको छ । जिल्ला स्वास्थ्य कार्यालयको आयोजना तथा यूनिसेफको आर्थिक एवंम प्राविधिक सहयोगमा स्वास्थ्यकर्मीहरुको लागि दुई दिने अभिमुखिकरण तालिम सुरु भएको हो । आजबाट सुरु भएको तालिम भोलीसम्म चल्ने छ । 

समुदाय स्तरमा हुने मातृ तथा पेरिनेटल मृत्युलाई न्युनीकरण गर्न  ६ वटै पालिकाका स्वास्थ्य संयोजक र स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीलाई मातृ तथा पेरिनेटल मृत्यु निगरानी तथा प्रतिकार्य सम्वन्धी अभिमुखिकरण तालिम संचालन गरिएको हो । तालिम पश्चात मातृ तथा पेरिनेटल मृत्यु निगरानी तथा प्रतिकार्य सम्वन्धी स्थानीय स्ततरमा काम गर्न सहज हुने विश्वास व्यक्त गरिएको छ । 

WhatsApp-Image-2025-05-28-at-15.25.18_158948e5-1748431079.jpg

मातृ तथा पेरिनेटल मृत्यु निगरानी तथा प्रतिकार्य सम्वन्धी अभिमुखिकरण तालिमले स्थानीय स्तरमै गर्भवस्था भएदेखि सुत्केरी भएको ४५ दिनसम्मको अवधिमा आमा र बच्चाको मृत्यु भएकोमा मृत्यु हुनको कारण, कहिले, किन, कुन स्थानमा मृत्यु भयो भन्ने जस्ता विषयमा निगरानी गरिने एमएनएच एक्सपट प्रशिक्षक महालक्ष्मी प्रजापतीले बताउनुभयो । उहाँका अनुसार मातृ तथा पेरिनेटल( गर्भवस्थादेखि नजन्मिदा सम्मको समय) मृत्युदर कम बनाउने तालिमको मुख्य उदेश्य रहेको छ । अभिमुखिकरण तालिम पश्चात मातृ तथा पेरिनेटल मृत्यु भएको अवस्थामा स्थानीय स्तरमै त्यसको निगरानी तथा प्रतिकार्य गर्न सहज हुने प्रशिक्षक प्रजापतीले जानकारी दिनुभयो । 

स्वास्थ्यकर्मीहरुलाई मातृ तथा पेरिनेटल मृत्यु  भएको अवस्था परीक्षण गरी रोग पत्ता लगाएर फेरी उही समस्याले मातृ तथा पेरिनेटलको मृत्यु नहोस भन्ने उदेश्यले स्थानीय स्तरमै यो कार्यक्रम लागु हुने छ । । सहभागिहरुलाई प्रशिक्षक प्रजापती, विन्दु पन्थी, कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयमा कार्यरत  कृष्णा खनाल, जिल्ला स्वास्थ्य कार्यालयका डाक्टर केहलविक्रम जिसी लगायतले प्रशिक्षण गरिरहुनुुभएको छ ।


मातृ तथा पेरिनेटल मृत्यु निगरानी तथा प्रतिकार्य कार्यक्रम जिल्ला स्वास्थ्य कार्यलयमा २०७९÷०८० मा लागु भएपनि स्थानीय स्तरमा भने अवदेखि लागु हुने जिल्ला स्वास्थ्य कार्यलयले जनाएको छ ।  नेपालमा सन २०२१ को तथ्यांक अनुसार मातृ मृत्युदर १ सय २१ रहेको छ  भने सन २०३० मा प्रति लाखमा ७० प्रतिशतमा झार्ने लक्ष्य राखिएको छ । त्यस्तै सन २०२१ को तथ्यांक अनुसार शिशुको मृत्युदर २१ प्रतिशत रहेको छ भने सन २०३० मा १२ प्रतिशतमा झार्ने लक्ष्य लिएको छ । 

WhatsApp-Image-2025-05-28-at-15.25.16_6d8869e7-1748431078.jpg

प्रदेश अनुसार सन २०२१ मा मातृ मृत्युदर सवैभन्दा बढी लुम्बीनी प्रदेशमा २ सय ७ सहित पहिलो स्थामा रहँदा कर्णाली प्रदेश १ सय ७२ मातृ मृत्युदर सहित दोस्रो स्थानमा रहेको छ । कर्णाली प्रदेशमा मातृ मृत्यु दरको अवस्था जटिल रहेकाले पनि स्थानीय स्तरमा मातृ तथा पेरिनेटल मृत्यु निगरानी तथा प्रतिकार्य  कार्यक्रम संचालन गर्नुपर्ने अवस्था रहेको बताएको छ । 

जिल्ला स्वास्थ्य कर्यालयका डाक्टर केहजविक्रम जिसीको  अध्यक्षमा भएको मातृ तथा पेरिनेटल मृत्यु निगरानी तथा प्रतिकार्य सम्वन्धी अभिमुखिकरण कार्यक्रममा मुसिकोट नगर प्रमुख महेन्द्र केसीको प्रमुख आतिथ्यता रहेको थियो । त्यस्तै नगर उपप्रमुख विमलकुमार पुनको विषेश आतिथ्यता रहेको थियो । अन्य अतिथिहरुमा अस्पताल  विकास समितिका अध्यक्ष टेकबहादुर कुसारी, जिल्ला अस्पतालमा कार्यरत अन्य डाक्टर तथा नर्सिङ कर्मचारी लगायतको उपस्थिती रहेको थियो । कार्यक्रमको संचालन जिल्ला स्वास्थ्य कार्यालकी नर्सिङ निरीक्षक प्रेमा केसीले गर्नुभएको थियो । 
 

प्रकाशित मिति: बुधबार, जेठ १४, २०८२  १७:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update