Kakhara सबैको खबर सम्पूर्ण खबर
नेविसंघ मुसिकोटको आयोजनामा मुसिकोटमा वृक्षारोपण

रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर १ सल्लेमा वृक्षारोपण गरिएको छ । गणतन्त्र दिवसको अवसरमा नेपाल विद्यार्थी सङ्घ मुसिकोट नगर कार्यसमितिको आयोजनामा विभिन्न प्रजातिका बिरुवा रोपिएको हो । यो कार्यक्रममा सल्ले वन उपभोक्ता समिति, नेपाल जनजागरण मञ्च र सल्ले यूथ क्लबको सहकार्य रहेको नेविसंघ मुसिकोट नगर अध्यक्ष चन्द्र ओलीले जानकारी दिनुभयो । 

"आजको सानो कदम, भोलीको स्वच्छ वातावरण !" भन्ने नारा सहित वृक्षारोपण कार्यक्रम भएको ओलीले जानकारी दिनुभयो । उहाँका अनुसार वृक्षारोपण गर्नुको उद्देश्य हरियाली प्रवर्द्धन, वातावरणीय सन्तुलन कायम राख्न सहयोग, आगामी पुस्ताका लागि स्वच्छ वातावरण र धार्मिक तथा पर्यटकीय स्थलहरूको सुन्दरता सुनिश्चित गर्नु रहेको छ । 

सल्लेको सिद्ध गुफा आसपासको खाली भू-भागमा वृक्षारोपण गरिएको हो । उक्त कार्यक्रममा सल्ले यूथ क्लबका अध्यक्ष मोहन खड्का, नेपाल जनजागरण मञ्च रुकुम पश्चिमका अध्यक्ष टेकबहादुर कुसारी, नेपाल विद्यार्थी सङ्घ मुसिकोटका अध्यक्ष चन्द्रबहादुर ओली, एमाले निकट अखिल नेपाल महिला सङ्घ रुकुम पश्चिमकी सचिव हुकुमकुमारी केसी (थापा) , वाइसीयल मुसिकोट सदस्य अनिल ओली लगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति: बिहीबार, जेठ १६, २०८२  १६:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update