Kakhara सबैको खबर सम्पूर्ण खबर
गणतन्त दिवसः जिल्ला प्रहरी कार्यालय  परिसरमा वृक्षारोपन 
वृक्षारोपन गरिँदै ।

१८ औँ गणतन्त्र दिवसको अवसरमा रुकुम पश्चिममा वृक्षारोपन गरिएको छ ।  डिभिजन वन कार्यालय र जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमको संयूक्त आयोजनामा आज विहान जिल्ला प्रहरी कार्यालय प्ररिसर आसपासमा वृक्षारोपन गरिएको हो । ओखरको विरुवा ५, कलकिफुल ३०, छतिवन १५, बेल २, गोलमोर १५, धुप मेयर १० र विरेन्द्र फुल ५ गरेर कुल ८२ वटा विरुवा रोपिएको डिभिजन वन कार्यालयका प्रमुख दिनेशजगं खत्रीले जानकारी दिनुभयो ।

उहाँका अनुसार वृक्षारोपन संगै जिल्ला प्रहरी कार्यालयमा चियापान कार्यक्रम समेत आयोजना गरिएको थियो ।

WhatsApp-Image-2025-05-30-at-11.13.24_75cbbe93-1748584974.jpg

बृक्षारोपन कार्यक्रममा जिल्ला अदालतका न्यायधिस रामबहादुर बस्याल, जिल्ला समन्वय प्रमुख लुम्बीनी गौतम केसी, उप प्रमुख देवबहादुर विक, मुसिकोट नगरप्रमुख महेन्द्र केसी, प्रमुख जिल्ला अधिकारी कुलबहादुर जिसी, प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक प्रमेश विष्ट, सशस्त्र प्रहरी प्रमुख मदन धानुक, राष्ट्रिय अनुसन्धान अधिकृत चिरणजिवी बुढा, चण्डीदल गणका गणपती सरद थापा, सहायक प्रमुख जिल्ला अधिकारी विनोद रेग्मी, प्रहरी  निरीक्षक ऋषि पाठक, अन्य सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधी, राजनितिक दलका प्रमुख तथा प्रतिनिधी डिभिजन वन कार्यालयमा कार्यरत कर्मचारी पत्रकार लगाएतको उपस्थिती रहेको थियो । 

WhatsApp-Image-2025-05-30-at-11.18.52_34436739-1748585157.jpg

प्रकाशित मिति: शुक्रबार, जेठ १६, २०८२  ११:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update