Kakhara सबैको खबर सम्पूर्ण खबर
युवा व्यवसायी खड्काद्धारा कैदिबन्दीहरुलाई फलफुल वितरण 

जिल्ला कारागार रुकुम पश्चिमका कैदिबन्दीहरुलाई फलफुल वितरण गरिएको छ । गण्तन्त्र दिवसको अवसरमा कारागारमा रहेका कैदिबन्दीहरुलाई फलफुल वितरण गरिएको हो । मुसिकोट  नगरपालिका १ त्रिवेणीचोकमा अनिश डेरी तथा फलफुल तरकारी पसल संचालन गर्दै आनुभएका अनिल खड्काले  कैदिबन्दीहरुलाई फलफुल वितरण गर्नुभएको हो । उहाँले कारागारमा रहेका १ सय ६२ जनालाई पुग्ने गरी केरा, आँप वितरण गर्नुभएको हो ।

खड्काले तिमित्त कारागार प्रशासक गौमता पुन, कारागार सुरक्षागार्ड प्रमुख प्रहरी नावय निरीक्षक बेदबहादुर  सिंह ठकुरी, आन्तरिक प्रशासन प्रमुख(चौकीदार) प्रेबबहादुर गिरीलाई फलफुल हस्तान्तरण गर्नुभएको हो । फलफुल वितरण गरेर सहयोग गर्ने खड्कालाई कारागार प्रशासनले धन्यवाद व्यक्त गरेको छ । खड्का मुसिकोट १० चुन निवासी हुनुहुन्छ । 
e0c4e51f-e37f-4889-a7dd-774c2e98a5f3-1748599157.jpeg

प्रकाशित मिति: शुक्रबार, जेठ १७, २०८२  १५:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update